धनगढीमा लागुऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ
धनगढी, २ चैत – जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले लागुऔषध (खैरो हेरोइन) सहित पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भारतको गौरीफन्टाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१०१२ प ५४७५ नम्बरको मोटरसाइकललाई त्रिनगर ब्यारेल नजिक चेकजाँच गर्दा चालक आदित्य रानाले लुकाइछिपाई ल्याएको २ ग्राम ८६० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो।
त्यसैगरी, गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखड र अस्थायी प्रहरी पोष्ट हरिनगरबाट खटिएको टोलीले घोडाघोडी नगरपालिका-७ हरिनगरका लक्ष्मण चौधरीको घर खानतलासी गर्दा कोठामा रहेको सुटकेश भित्रको कोटको गोजीबाट थप १५ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो।
प्रहरीले कुल १७ ग्राम ९२० मिलिग्राम लागुऔषध बरामद गर्दै पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा:
१. आदित्य राना (२८), धनगढी उप-महानगरपालिक...












