धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले गणतन्त्र विरोधीविरुद्ध भोलि हुने शक्ति प्रर्दशनको तयारी पूरा भएको बताएका छन् ।
ढुंगानाले भोलि दिउँसो दरबारीविरुद्ध गोदावरीदेखि धनगढीसम्म शान्तिपूर्ण मोटरसाइकल ¥याली निकाल्ने बताउँदै पाँच हजार जनालाई सडकमा उर्ताने दाबी गरेका छन् ।
भोलिको शक्ति प्रर्दशनको मुख्य उद्देश्य दरबारीयाहरुलाई आम मानिस गणतन्त्रको पक्षमा रहेको देखाउनु भएको उनी बताउँछन् । एमालेले गणतन्त्रको पक्षमा भन्दै भोलि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा शक्ति प्रर्दशन तथा जनसभा गर्ने तयारी गरेको छ ।

