Advertisement

हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो- काँग्रेस सभापती देउवा

Advertisement

डडेल्धुरा, १७ चैत- नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताएका छन । डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आइतबार श्रीमद भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दु परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताए ।

“हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो“, उनले भने, “गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाइँदैन । कडा कानुन छ । यसलाई अझै कडाईका साथ लागु गर्ने छौं ।“
माघे सङ्क्रान्तिका दिन स्नान गर्नेको घुुइँचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठुलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएको बताए । “हाम्रो बाजे पूर्खाहरूको चिहान हो“, उनले भने, “उहाँहरूलाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ ।“
सेती नदी र सकायल नदी गाडको सङ्गमस्थल विभिन्न ऋषि मूनीहरूले तपश्या गरेको पवित्र स्थान भएको बताउँदै उनले यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक आफू पुगेको स्मण गरे । गहानान क्षेत्रकै माथि डाँडोमा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झदै उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरूको पवित्र स्थलमा रूपमा गहनान रहेको बताए ।
यहाँ विभिन्न देवताका मन्दिरहरू छन् । उनले भने, “घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो ।“ घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पुर्खौंदेखि रहिआएको उनले बताए ।
धार्मिक पर्यटन प्रवर्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका ४, गन्यापधुरा गाउँपालिका ५ र डोटी जिल्लाको शिखर नगरपालिका १० को सङ्गमस्थल बानेडुग्रीसैनमा अवस्थित ’गहनान धाम’मा महायज्ञको आयोजना गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । तीन वटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरेको उनले बताए ।
उनका अनुसार गहनान क्षेत्र विकास समितिले चैत १७ गतेदेखि २५ गतेसम्म ’श्रीमद् देवीभागवत महापुराण ज्ञान धन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१’ आयोजना गरेको हो ।
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले गहनानसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका कामअघि बढाउन कांग्रेस सभापती देउवालाई ज्ञापन पत्रसमेत बुझाएको थियो । गहनान् क्षेत्रमा आवश्यक पूर्वाधार, संस्कृत विद्यालय स्थापना, सेती र सकायल नदीको कटान रोक्न तटबन्ध निर्माण, सेती नदीमा पुल, महाभारत पर्वत क्षेत्र भएर गन्यापधुराको रेल–शिखर–केआइसिंह गाउँपालिका जोड्ने सडक निर्माणका लागि मागपत्रसहित ज्ञानपत्र बुझाइएको उनले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज