सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ३३ हजार रुपैयाँ कायम भएको थियो । लगातारजसो सुनको भाउ बढिरहँदा व्यापार घटेको व्यवसायीले बताएका छन् ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय १० रुपैयाँ कायम भएको थियो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३