Advertisement

Breaking News 3

एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना

एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिएसँगै केन्द्रदेखि प्रदेशसम्म पदाधिकारी चयनबारेको बहस चर्किंदै गएको छ । पार्टीले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने तयारीसँगै कसले कुन पदमा अटाउँछ भन्ने समीकरण झनै संवेदनशील बनेको छ । यही संवेदनशीलता र राजनीतिक सन्तुलनको घेराबन्दीबीच सुदूरपश्चिमबाट सचिव पदका लागि युवा नेता ऐन महर सबैभन्दा विश्वसनीय, प्रभावशाली र चर्चित दाबेदारका रूपमा अगाडि बढिरहेका छन् । सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच सचिवको दौड निकै प्रतिस्पर्धात्मक देखिन्छ । एकातिर पुराना नेताहरूको अनुभव, अर्कोतिर नयाँ पुस्ताको दाबी यीनै दुई धारबीच अहिले महर एक ‘सन्तुलित, स्वाभाविक र संगठनमैत्री विकल्प’ का रूपमा स्थापित हुँदैछन् । विद्यार्थी राजनीतिबाटै बुईकासिएका, अनेरास्ववियुका पूर्व अध्यक्षका रूपमा देशभर छुट्टै पहिचान बनाइसकेका महर अहिले पार्टीभित्र युवापुस्ताको प्रतिनिधि मात्र होइन, पर...
बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बझाङमा विवाद भएको छ । सर्वसम्मत छनोट गर्न नसकेपछि महाधिवेशन प्रतिनिधि भन्दै दुई पक्षले दुई थरी सूची प्रकाशित गरेका छन् । एमालेको एउटा गुटले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेशसभा सदस्य दमन भण्डारी लगायत ११ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरेको सूचना प्रकाशन गरेलगतै अर्को गुटले थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, केदारस्यूँ गाउँपालिकाकी पूर्व उपाध्यक्ष निशा धामीसहितको सूची सार्वजनिक गरेको हो । एमालेको लेटरहेडमा प्रकाशित पहिलो सूचीमा प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको दस्तखत छ भने अर्कोमा पनि लेटरहेडबिनै उनकै दस्तखत गरिएको छ । दोस्रो सूचीमा रहेकाहरुको नामावली राख्दै एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा र आशा विकको समेत हस्ताक्षरमा छुट्टै सूच...
रवि र छविको मुद्दाको पेसी आज पनि ३ नम्बर इजलासको एक नम्बर क्रमसंख्याम

रवि र छविको मुद्दाको पेसी आज पनि ३ नम्बर इजलासको एक नम्बर क्रमसंख्याम

Breaking News 1, Breaking News 2, Breaking News 3
सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध  अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि ३ नम्बर इजलासमा परेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानकारीअनुसार न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासको क्रमसंख्या १ मा पेसी परेको छ। यसअघि यही मंसिर ४ गते पनि यही इजलासमा क्रमसंख्या १ मा नै पेसी परेको थियो । सो दिन रविका कानुन व्यवसायीको निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसअघि गत कात्तिक २७ गते उच्च अदालत बुटवलले रवि र छविको मुद्दाको सक्कल प्रमाण मिसिल झिकाउने आदेश भएको थियो। न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको संयुक्त इजलासले सक्कल प्रमाण मिसिल झिकाउने आदेश गरेको थियो।  त्यसअघि यही कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । त्यतिवेलाको आदेशअनुसार प्रमाण मिसिल प्राप्त ह...
सहिद बोहराकी आमा भन्छिन्– सन्चो बिसन्चो सोध्न पनि कोही आएनन्

सहिद बोहराकी आमा भन्छिन्– सन्चो बिसन्चो सोध्न पनि कोही आएनन्

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । गत भदौ २३ गते साँझ बझाङ खप्तड छान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त थिइन् । साँझपख बझाङका आफन्तले खबर पुर्‍याए, ‘तिम्रो छोरा अब यस संसारमा रहेन ।’ सन्तानलाई राम्रो शिक्षादीक्षा दिन सकूँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आएकी उनलाई संसार सकिएजस्तो भयो । मुटु फुट्ला जस्तो भयो, श्वास कसैले चुँडेर लगेजस्तै भयो । बोहराका जेठो छोरा सुभासको सोही दिन दिउँसो जेनजी आन्दोलनका क्रममा काठमाडौँमा गोली प्रहारबाट मृत्यु भएको थियो । जीवनको भरोसाका रुपमा रहेको छोरालाई गुमाउनुपर्दाको पीडा कैलीदेवीको मनले थाम्नसक्ने अवस्था रहेन । ‘अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिएँ, छोराको मृत्युको खबर आयो’, कैलीदेवीले सुनाइन् । कैलीदेवी करिब १० महिनाअघि मजदुरी...
राजनीति सेवा हो पेसा होइन -निर्मला साउद

राजनीति सेवा हो पेसा होइन -निर्मला साउद

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, दैनिक, समाचार, सुदूरपश्चिम
जब कुनै देश जब निर्माण हुन्छ तब त्यो देशको नेतृत्वको लागि कुनै न कुनै दलको निर्माण हुन्छ ।र राजनीतिको सुरुवात हुन्छ।र नेतृत्वकर्ताले नेतृत्व गरेको देश त्यो नेतृत्व कर्ताको क्षमता र कार्यशैलीले देश कता तिर जान्छ भन्ने निर्धारण गर्छ। हरेक बिश्वका हरेक देशमा राजनीति हुनु भनेको त्यहा का जनताको सेवा गर्नु हो। हाम्रो देशमा पनि थुप्रै राजनीति दलको निर्माण भएको छ ।केही ब्याक्तीको अहिले पनि राजनीति गर्नु भनेको पैसा कमाउनु हो भनेर राजनीति गर्दैछ्न उनीहरुको लागि राजनीति पेसा बनेको छ।पैसा कमाउने सजिलो उपाय भएको छ।राजनीति समाजको सिसा जस्तो राजनीति अनुहार लिएर सिसाको अगाडि उभिन्छ तपाईलाई पनि त्यस्तै देखाइ दिन्छ । राजनीतिले समाजको बिकास र मोडेलको निर्माण हो। ब्याक्तीगत जीवन लाई निहाल्ने हो भने देश र जनताको मुक्ति का लागि मिर्तुको पनि प्रवाह नगरि १० बर्ष जनयुद्ध लडियो सङैका साथ आज यो गणतन्त्र निर्माणका ...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो। नवगठित समितिमा उपाध्यक्षमा दसिराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सह–सचिवमा ज्योति बोहरा, तथा कोषाध्यक्षमा कालुराम चौधरी रहेका छन्। त्यस्तै सदस्यमा स्वरूप चौधरी र रोशन रसाइली रहेका छन्। भेलामा सहभागी सञ्चारकर्मीहरूले समूहले स्थानीय तहमा सञ्चारकर्मीबीच आपसी सहकार्य, पेशागत अधिकार संरक्षण र सूचना प्रवाहको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। भेलामा घोडाघोडी क्षेत्रमा क्रियाशील विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्ने मूल नारासहित अधिवेशनको उद्घाटन भएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्ने मूल नारासहित मिति २०८२ साल मंसिर २२ गते बझाङमा अधिवेशनको भव्य उद्घाटन गरिएको हो। कार्यक्रममा जिल्ला भरिका लोक तथा दोहोरी गीतका कलाकार, स्रष्टा, सञ्चारकर्मी र स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटन समारोहमा संस्थाका अगुवाहरूले नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतको संरक्षण, प्रवर्द्धन र निरन्तरताका लागि प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए । सो अवसरमा नयाँ कार्यसमिति गठन गरिएको हाे । नयाँ जिल्ला कार्यसमितिमा अध्यक्षमा ग...
भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट खसेपछि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बालकका उपचारका लागि स्थानीय युवाहरूले सहयोग अभियान सञ्चालन गरेका छन्। समाजसेवी मनोज साउदको नेतृत्व र ललित दियाकोटीको सहकार्यमा सञ्चालन गरिएको अभियानमार्फत रु २१ हजार ७९१ रुपैयाँ ४० पैसा संकलन गरी उपचार खर्चका लागि हस्तान्तरण गरिएको हो। यसैबीच, सोही गाउँपालिकाकी टिकेश्वरी बि.क.का परिवारका लागि पनि सहयोग अभियान सञ्चालन गरिएको छ। सिता देवी बि.क.की छोरी टिकेश्वरी भारतको दिल्ली जाँदै गर्दा उत्तर प्रदेशको साजानपुर नजिकै भएको बस दुर्घटनामा परि निधन भएको थियो। घरको जिम्मेवारी सम्हाल्दै आएकी टिकेश्वरीको निधनपछि परिवार आर्थिक संकटमा परेपछि मनोज साउद र गणेश बि.क.को नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको हो। देश–विदेशमा रहेक...
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस मनाइयो

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस मनाइयो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ: सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । वार्षिकोत्सवको अवसरमा आन्तरिक खेलकुद प्रतियोगिता, विपद् उद्धार प्रदर्शन, रक्तदान अभियान, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनुका साथै उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमका क्रममा सेवा निवृत्त सशस्त्र प्रहरीहरूलाई पनि सम्मान गरिएको थियो भने नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह, कार्यक्रम सञ्चालक सबिता खड्का, पत्रकार तर्फ साइपाल एफएमकी समाचार प्रमुख तरुणा जोशी र कामना टेलिभिजन बझाङका प्रमुख उत्तम कुमार थापालाई विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै, शिक्षक प्रकाश खड्का लगायत समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो । गुल्म परिसरमा आयोजित औपचारिक समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक तथा सहायक वाहिन...
बझाङको सुवेडामा पहिलो ´ महर स्पोट कप- २०८२` सुरु हुँदै

बझाङको सुवेडामा पहिलो ´ महर स्पोट कप- २०८२` सुरु हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडामा पहिलो पटक ‘महर स्पोट कप २०८२’हुने भएको छ । महर स्पोटको आयोजनामा हुन लागेको यो प्रतियोगिता भलिबल खेल केन्द्रित रहनेछ । कार्यक्रमका प्रमुख आयोजक तथा महर स्पोटका अध्यक्ष ईश्वर महरका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय खेल, संस्कृति, पहिचान र भेषभूषाको संरक्षण गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने रहेको छ । उनले वडाका खेलाडीलाई विशेष प्राथमिकता दिइने पनि बताए । प्रतियोगितामा प्रथम हुने टोलीले रु. ५१ हजार १४६, द्वितीयले रु. ३१ हजार १४६र तृतीयले रु. २१ हजार १४६ नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क रु. ४ हजार निर्धारण गरिएको छ भने टिम दर्ता गर्ने अन्तिम मिति २०८२ कार्तिक ७ गते साँझ ५ बजेसम्म तय गरिएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम भने  २०८२ कार्तिक ८ गते सुवेडा (छयाला), बझाङमा गरिनेछ । भलिबल ख...
नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, स्वास्थ्य
    कास्की —सरकारीसरह पारिश्रमिक माग गर्दै पोखराका दुई ठूला निजी अस्पतालका नर्स केही दिनदेखि आन्दोलित छन् । पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका नर्स २४ असोज र नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) का नर्स २६ असोजदेखि आन्दोलनमा छन् । नागढुंगास्थित चरक मेमोरियल हस्पिटलका नर्स पनि शनिबारदेखि आन्दोलनमा उत्रिएका छन् । पारिश्रमिकको विषयले नर्सिङ एसोसिएसन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गरी दुई छाता संगठन आमनेसामने भएका छन् । नर्सिङ संघ सरकारले गरेको परिपत्रअनुसार सरकारीसरह सुविधा दिनुपर्ने पक्षमा छ भने अफिनले त्यो कुनै पनि हालतमा सम्भव नहुने बताइरहेको छ । नर्सहरूले पम्प्लेट बोकेर श्रमको मूल्य मागेको १० दिन बित्दा पनि सहमतिको कुनै संकेत छैन । पोखरामा नर्सिङ संघ सहभागी भएर हालसम्म कुनै वार्ता नभएको ...
प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्दै

प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
प्रधानमन्त्री सुशीला कार्कीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे छलफल कार्यक्रम तय भएको छ । कतिपय राजनीतिक दलहरुले प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण नबनाएको, राजनीतिक दलसँग कुनै छलफल र संवाद नगरेको, निषेधको राजनीति गरेको भन्ने आरोप लगाउँदै आएका थिए । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा रानजीतिक दलहरुसँग छलफल र संवाद गरेका थिए । तर, प्रधानमन्त्री कार्कीले यसअघि निर्वाचनबारे राजनीतिक दलसँग कुनै संवाद गरेकी थिइनन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज