Advertisement

Breaking News 3

कोदालो प्रहार गरि भाईले दाईको हत्या गरेपछि

कोदालो प्रहार गरि भाईले दाईको हत्या गरेपछि

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
इको हत्या गरेका छन् । जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षिय नर बहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले टाउँकोमा कोदालो प्रहार गरि ६५ वर्षिय दाई गणेश बहादुर जोराको हत्या गरेका हुन् । घरायसी बिवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो । नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
धनगढीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।...
कैलालीमा अबैध काठ बरामद

कैलालीमा अबैध काठ बरामद

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली ।  कैलालीको टीकापुरबाट अवैध काठ बरामद गरिएको छ । टीकापुर नगरपालिका १ खडकचोकबाट इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले  अवैध काठ बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नम्बर पिलेट स्पष्ट नदेखिने टीकापुर नगरपालिका ५ भगरैया ४७ वर्षीय खुसिराम चौधरीले चलाएको ट्याक्टरबाट अबैध खयरको काठ बरामद गरिएको हो । उक्त काठ १९ गोलीया (९५,८९ क्युफिट) रहेको प्रहरीले जनाएको छ । अबैध काठ सहितको ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर बुझाइएको प्रहरीले जनाएको छ ।...
आज गणेश चतुर्थी मनाईदै, के छ यस्को पौराणिक कुरा

आज गणेश चतुर्थी मनाईदै, के छ यस्को पौराणिक कुरा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौँ: भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ। सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन् । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ। शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता छ। चन्द्रमा ...
बझाङमा चरेस सहित एकजना पक्राउ

बझाङमा चरेस सहित एकजना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
जिल्ला प्रहरी कार्यालय बझाङले लागुऔषध (चरेश) सहित एक जना पक्राउ गरेको छ । बुङगल नगरपालिका गिराैबाट बुङगल नगरपालिका बिजगडा बजार जाँदै गरेको अवस्थामा रैसल्ली बस्ने बर्ष अन्दाजी ४१ का उज्ज्वल जाग्रीलाई पक्राउ गरेको डिएसपी युवराज भण्डारीले बताउनु भयाे । लागू अाैषध चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरि पक्राउ गरेर जार्गीलाई जिल्ला प्रहरी कार्यालय ल्याएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनलाई मिति २०८१।०५।२१ गते राती अन्दाजी २३;०० बजेको समयमा पक्राउ गरेको हाे । जाग्री गिरौबाट बुङ्गल नगरपालिका ४ बिजगडाबजार तर्फ लैजादै गरेको अवस्थामा कालो कलरको झोला भित्र पहेंलो प्लाष्टीकको कट्टामा चरेश जस्तो देखिने कालो पदार्थ कट्टा सहित ९ किलो ४ सय ३९ ग्राम तौल बराबरको लागु औषध चरेश लुकाई छिपाई लैजादै गरेको अवस्थामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बाट खटिगएको प्र.नि.किशोर जोशीको कम...
आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ। यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए। उनले भने, 'बजेट तयारीका क्रममा मन्त्रालयस्तरमा भइरहेको छलफल शुक्रबार सकिन लागेको छ, राजनीतिक समझदारीको विषय भएकाले यही भदौ २५ गतेभित्र बजेट आउँछ भन्ने छ।' नयाँ सरकारका प्राथमिकतालाई सम्बोधन गर्नेगरी परिमार्जन गरेर बजेट ल्याउने तयारी भइरहेको जनाइएको छ। बजेट तयारीसँगै विनियोजन विधेयक र आर्थिक विधेयक परिमार्जनका विषयमा छलफल भइरहेको छ। बजेट कार्यक्रमका सिद्धान्त, नीति, प्राथमिकता भने यसअघिकै सरकारका पालामा प्रदेशसभाबाट पारित भइसकेकाले त्यसैमा टेकेर अर्को बजेट ल्याउन लागिएको हो। निवर्तमान मुख्यमन्त्री दीर्घबह...
आज हरितालिका तिज मनाईदै

आज हरितालिका तिज मनाईदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं ।  भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी मनाउँदैछन्। पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ। धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताए। ‘सक्नेले निराहार, नसक्न...
कञ्चनपुरमा एक जनाको वेवारिसे लास फेला

कञ्चनपुरमा एक जनाको वेवारिसे लास फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित मुलनहरमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधवार मृत अवस्थामा फेला परेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महाकाली नदिमा हाम फालेर एक युवती बेपत्ता

महाकाली नदिमा हाम फालेर एक युवती बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, दार्चुला, सुदूरपश्चिम
दार्चुला – दार्चुला स्थित महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन । बिहीबार दिउँसो ४ बजेतिर नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया किशोरी ममता टमटाले रिङ्नेताल क्षेत्रबाट महाकालीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंह अनुसार गाउँबाट सदरमुकाम आमासँगै आइरहेकी किशोरीले महाकालीमा हाम फालेकी थिइन । दुई बहिनी र दुई दाजुभाइ रहेकी टमटाको घरमा बुवा र दाइको पहिले नै निधन भइसकेको बेपत्ता किशोरीका आफन्तले बताएका छन् । महाकाली आसपासमा रहेका प्रहरी युनिटहरुलाई समेत बेपत्ता भएकी किशोरीको खोजी गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।...
जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या

जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : खाेड्पे चैनपुर सडक खण्ड अन्तर्गत जयपृथ्वी राजमार्ग अन्तर्गत रहेको बझाङकाे परिङगाल नजिकै पहिराे खस्दा सडक अवरुद्ध भएको हाे । आज विहान सडक माथिबाट पहिराे खस्ता आवतजावतमा समस्या परेको छ । जसका लागि जिल्ला प्रशासन बझाङले अवरुद्ध सडक खुलाउन सडक कार्यालयकाे डाेजरलाई सम्पर्क गरेको र चाडैं सडक खुल्ने प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलले बताउनु भयाे । माेषम परिवर्तनका कारण अहिले सडक जतासुकै अवरुद्ध हुँदै आएको छ । यसरी सडक अवरुद्ध हुदा यात्रुले भने दुख पाउने गरेका छन ।...
‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
१३ भदौ, धनगढी– चर्चित कार्यक्रम ‘हेर्ने कथा’ले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् ।   ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।     उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।   चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका ...
सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खस्नुभएको हो। रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका करन गिरी र घर एक्कासी सेती नदीमा लगेको थियो । सेती नदीमा खसेपछि गुहार माग्नुभएका गिरीलाई स्थानीय  दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गर्नुभएको थियो । करनको शरिरभर चोट लागेको उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । घटना राति भएकाले थप विवरण आउन बाँकी छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज