जिल्ला प्रहरी कार्यालय बझाङले लागुऔषध (चरेश) सहित एक जना पक्राउ गरेको छ ।
बुङगल नगरपालिका गिराैबाट बुङगल नगरपालिका बिजगडा बजार जाँदै गरेको अवस्थामा रैसल्ली बस्ने बर्ष अन्दाजी ४१ का उज्ज्वल जाग्रीलाई पक्राउ गरेको डिएसपी युवराज भण्डारीले बताउनु भयाे ।
लागू अाैषध चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरि पक्राउ गरेर जार्गीलाई जिल्ला प्रहरी कार्यालय ल्याएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनलाई मिति २०८१।०५।२१ गते राती अन्दाजी २३;०० बजेको समयमा पक्राउ गरेको हाे ।
जाग्री गिरौबाट बुङ्गल नगरपालिका ४ बिजगडाबजार तर्फ लैजादै गरेको अवस्थामा कालो कलरको झोला भित्र पहेंलो प्लाष्टीकको कट्टामा चरेश जस्तो देखिने कालो पदार्थ कट्टा सहित ९ किलो ४ सय ३९ ग्राम तौल बराबरको लागु औषध चरेश लुकाई छिपाई लैजादै गरेको अवस्थामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बाट खटिगएको प्र.नि.किशोर जोशीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी भण्डारीले बताउनु भयाे ।
मानिस सहित चरेश जस्तो देखिने कालाे पर्दाथ अहिले प्रहरीकाे नियन्त्रणमा रहेको छ । पछिल्लो समय डिएसपी भण्डारी जिल्ला आएसँगै केही फरार अपराधी पनि पक्राउ परेका छन ।