Advertisement

Breaking News 3

भक्तपुरमा पाँचजना बेपत्ता, खोजी कार्य जारी

भक्तपुरमा पाँचजना बेपत्ता, खोजी कार्य जारी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट
धनगढी । भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् । निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए । उनका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । उनीहरूको पहिचान खुलेको छैन । उनीहरूको खोजी कार्य जारी रहेको छ ।...
नारायणीको बाढीले देवघाटका धर्मशालामा डुबान

नारायणीको बाढीले देवघाटका धर्मशालामा डुबान

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, मुख्य समाचार, समाचार
नारायणी नदीमा आएको बाढीले देवघाटधामस्थल जलमग्न भएको छ। शुक्रबारदेखिको लगातारको वर्षाका कारण आएको बाढीका कारण जयभोले कुटी र अखण्ड धर्मशाला ढुबानमा परेको छ। त्यहाँ बसेका एक सय जनाभन्दा बढीलाई शनिबार बिहानै उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। बाढीले निर्माणधीन विद्युतीय शवदाहगृह पनि डुबेको छ। निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।...
अविरल वर्षाले बाढीमा परि १४ जनाको मृत्यु, ९८ जना भन्दाबढी व्यक्ति बेपत्ता

अविरल वर्षाले बाढीमा परि १४ जनाको मृत्यु, ९८ जना भन्दाबढी व्यक्ति बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । देशका अधिकांश स्थानमा भइरहेको वर्षाका कारण आएको बाढी पहिरोले जनधनको धेरै नै क्षति भएको छ । प्रारम्भिक विवरण अनुसार अहिलेसम्म १४ जनाको ज्यान गएको छ भने  कैयौँ बेपत्ता भएका छन् । वर्षाले ९८ भन्दा धेरै स्थानमा चेतावनीको तह पार गरेको छ । वर्षासँगैको बाढीले इलाममा एक जनाको ज्यान गएको छ । भक्तपुरको पलासेँ र आशापुरीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी राशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै धादिङको मलेखु खोला नजिकै ढुंगाको ओत लागेर बसेका दुई जनालाई पहिरोले पुर्दा बेपत्ता भएका छन् । खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । यस्तै काभ्रेमा पहिरोमा पुरिएर ४५ वर्षीय प्रेमबहादुर बाइवाको मृत्यु भएको छ । यस्तै झापाको जमुना खोलाले बगाउँदा एक जना र दार्चुलामा महाकाली नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।...
काठमाडौँमा नख्खु खोलाले ४ जनालाई बगायो

काठमाडौँमा नख्खु खोलाले ४ जनालाई बगायो

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, समाचार
धनगढी । काठमाडौँको नख्खु खोलाले ४ जनालाई बगाएको छ। खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा रहेका सशस्त्र प्रहरीले जनाएको छ। शनिवार बिहान करिब ९ बजे खोलाले बगाएर उनीहरूलाई बेपत्ता बनाएको हो
राजधानीबाट सुदूर आउने हवाई प्रतिकुल मौसमले प्रभावित

राजधानीबाट सुदूर आउने हवाई प्रतिकुल मौसमले प्रभावित

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट
काठमाडौंः खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ। मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन्। त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ। शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ।...
देशभर झरी : केही ठाउँमा ठूलो वर्षा, नदी र खोलाहरुमा बाढीकाे जाेखिम

देशभर झरी : केही ठाउँमा ठूलो वर्षा, नदी र खोलाहरुमा बाढीकाे जाेखिम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
  काठमाण्डौ – देशका केही ठाउँमा निकै ठूलो पानी परेको छ । देशका सबैजसो ठाउँमा पानी परे पनि केही ठाउँमा भने निकै ठूलो पानी परेको हो । पछिल्लो ३ घण्टामा मोरङ र झापाका विभिन्न ठाउँमा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । मधेश, बाग्मती, गण्डकी र सुदूरपश्चिमका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षा भएका ठाउँमा रहेका नदी र खोलाहरुमा बाढी आएको छ । पछिल्लो ३ घण्टामा झापाको गौरादह, चण्द्रगढी, केचना, अनरमनी बिरता, इलामको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएकोले ती क्षेत्र भई बहने कन्काई, मेची, विरिङ, निन्दा र अरु स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशा...
हेलिकप्टर मार्फत अछाममा सुत्केरीको उद्धार

हेलिकप्टर मार्फत अछाममा सुत्केरीको उद्धार

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, घटना, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
अछाम । यहाँको एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका– ६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा ल्याइएकामा सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धारगरी थप उपचारका लागि सुर्खेत लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।...
यी चार प्रदेशमा भारी वर्षा हुने, तराईका केही स्थानमा हावा हुरीको सम्भावना

यी चार प्रदेशमा भारी वर्षा हुने, तराईका केही स्थानमा हावा हुरीको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा, ,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र लुम...
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेट गर्नुभएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।...
घुसको काण्ड बाहिरिएपछी बुंगलका मेयरलाई नाराजुलुस सहित पालिका छोड्न चेतावनी

घुसको काण्ड बाहिरिएपछी बुंगलका मेयरलाई नाराजुलुस सहित पालिका छोड्न चेतावनी

Breaking News 1, Breaking News 2, Breaking News 3, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकाका स्थानीयले मेयरलाई बुङगल नगरपालिका छाड्न चेतावनी दिएको हाे । आज एक कार्यक्रमका बिच नारा लगाउदै स्थानीय सरकार बुङगलका मेयरलाई राजिनामा दिन चेतावनी दिएको स्थानीय रामचन्द्र जाेशीले बताए ।   बुङगल नगरपालिका मेयर जयबहादुर धामीले स्थानीयलाई जागिर लगाई दिने भन्दै कामना टेलिभिजनले न्युज प्रशारण गरेपछि स्थानीय सर्वसाधारण राजनैतिक दलका नेता कार्यक्रताहरुले नगरपालिका परिसरमा बुङगल नगरपालिकामा भ्रष्टाचार भएको भन्दै र मेयर अडियो काण्ड बारे आज नाराजुलुस सहित नगरपालिका घेराउ गरेका थिए ।    नारावाजी गर्दै स्थानीय सँगसँगै  नेकपा एमाले र विप्लव समुहको सयुक्त आयाेजनामा बुङगलका सर्वसाधारणले नगरपालिका घेराउ सहित नारा लगाएका थिए । नारामा "ए चाेर बुङगल छाेड, जनता लुट्न पाईदैन यस्तो मेयर हामीलाई चाहिदैन । तुरुन्तै राजिनामा देउ भ्रष्टाचार गर्न पाईदैन" जस्ता थिए ...
कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ताजा अपडेट, सुदूरपश्चिम
धनगढीः कञ्चनपुरमा चट्याङ लागेर एकैदिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो। कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ। ‘बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही ठाउँका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए,’ उनले भने, ‘सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए। उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको छ।’ यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १ नौरंगा बस्ने २८ वर्षीया हिरामति रानाको मृत्यु भएको हो। बिहान साढे १० बजे चट्याङ लागेकोमा उपचारका क्रममा १२ बजे धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको डिएसपी जोशीले बता...
“युवा समाजसेवि साउद द्रारा खेलाडीलाई फुटबल हस्तान्तरण “

“युवा समाजसेवि साउद द्रारा खेलाडीलाई फुटबल हस्तान्तरण “

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरिगङ्ग न पा वडा न ५ अन्डैया निवासी समाजसेवि करन साउद द्रारा वडाका युवालाई खेलकुदमा प्रेरित गर्नेको लागि फुटबल हस्तान्तरण गर्नु भएको छ। बिगत लामो समय देखि राजनीति सङ्गै समाजसेवामा सकृय साउद ।वडामा हुने थुप्रै समस्या सङ्ग साथ सहयोग गर्दै आउनु भएको छ। समाजसेवा नै धर्म हो भन्ने उहाँ । उहाँ भन्नू हुन्छ पछिल्लो चरणमा थुप्रै युवाहरु लागुपदार्थमा लागेका ले युवालाई सिर्जनात्मक कार्य जस्तै खेलकुदको माध्यम द्रारा उहाँहरु प्रेरित गर्ने कुरा बताउनु भयो। उहाँले भन्नू भयो खेल एउटा पहिचान र अनुशासन हो खेलको माध्यम द्रारा पनि नेपाललाई बिश्व माझ चिनाउन सक्ने कुरा व्यक्त गर्नु भयो। साउद भन्नू हुन्छ प्रतेक वडामा भएका युवाहरुलाई सहि ठाउँ र साथ सहयोग गर्नु हामी सबैको दायित्व हो भन्ने कुरा व्यक्त गर्नु भयो ।कतिपय राज्यका नजर नगएको ठाउँमा थुप्रै चोटि समाजसेवि साउदले सहयोग गर्दै आउनु भएको छ्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज