कैलालीमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन। जिल्लाको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन।
बिहिवार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले बताएको छ। उनलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ। हरिादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी हरेको बताएको छ।...











