सुदुरपश्चिम प्रदेशका कृषि मन्त्रीले बझाङमा पुगेर कृषिमा सुधार ल्याउने बताउनु भएकाे छ ।
एक कार्यक्रमका बिच अनुगमनकाे क्रममा जिल्लामा आयाेजित कार्यक्रममा मन्त्री बिरबहादुर थापाले सुदुरपश्चिमकाे कृषि ब्यावसाय र कृषकलाई सहज हुने बाताबरण सृजना गर्दै सरकार अगाडि बढ्ने बताउनु भयाे ।
पशु विज्ञ्य सेवा केन्द्र बझाङकाे सभाहलमा आयाेजित एक कार्यक्रममा कृषकका गुनासा सुन्दै, आगामी दिनमा केही सुधार ल्याउने र कृषकलाई सहजहुने बाताबरण अगाडि बढाउने मन्त्री थापाले बताए ।
देश सघिय सग्रचनामा गएपछि प्रदेश सरकारकाे ७ बर्षे रणनीति भन्दै आफू मन्त्री भए पछि कृषकलाई केहि राहत हुने काम गरेको र पहिला भन्दा यस बर्ष राम्रो काम गरेको उनको भनाइ थियाे ।
आफुले सुदुरपश्चिमका सबै जिल्ला लाई सम्मान गरेको र वास्तविक कृषकलाई लाभ हुने काम गरेको बताउदै, नियमबद्ब रहेर काम गर्न जिल्लाका हाकिम लाई निर्देशन समेत दिनु भयाे । सर्वसाधारण कृषकलाई अनुदान दिन,र उहाँहरुकाे पहुचकाे लागि आफै प्रत्येक जिल्लामा पुगेर कृषक सँग अन्तरक्रिया गर्दै अगाडि बढेको पाईन्छ ।
मन्त्री थापाले भन्नू भयाे- हामीले याे सिस्टम सुधार गर्न अझै समय लाग्ने भन्दै,आफ्नो कार्यकालमा राम्रो गर्ने बताए । कृषकका गुनासामा मन्त्री आएपछि,पहिले सिधै फर्मकाे नामै ताेकेर हाल्ने केहि प्रवृत्तिकाे अनत्य भएको पाईन्छ । अहिले वडा ताेकेर आउदा त्यसै वडाका नागरिकले अर्थात कृषकले आवेदन दिन पाउने उनको भनाइ थियाे भने आगामी दिनमा सुधार हुँदै जाने मन्त्री थापाले कार्यक्रममा बताउनु भयाे ।
निकै बाेद्बिक मन्त्री बिरबहादुर थापा आउदा अझै कृषकलाई राहत भएको र वास्तविक कृषकले अनुदान महसुस गरेको स्थानीय कृषककाे भनाइ रहेकाे थियाे । कृषि ज्ञानकेन्द्र बझाङले आयाेजना गरेको कार्यक्रममा ज्ञानकेन्द्र प्रमुख टेक बहादुर बिष्टले कार्यालयले गर्ने कार्यक्रम प्रस्तुत गर्नु भएको थियाे ,यसैबीच आलुजाेन प्रमुख चरित्रराय यादव र पशु सेवा केन्द्र प्रमुख विनाेद कठायतले कार्यालयकाे बारेमा जानकारी गराउनु भएको थियाे ।


