Advertisement

मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव छ : सचिव भट्ट

Advertisement

कैलाली : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकको विकास र संवृद्धि नेकपा एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको विजया दशमी तथा शुभ दीपावली ,नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि पनि एमालेको नेतृत्व आवश्यक रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशका ठुलो विकास निर्माणमा परियोजना एमालेबाटै सुरु भएको र त्यसलाई एमालेले नै पुरा गर्ने बताए ।

‘गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र एमालेको उठाएका एजेन्डा हुन् हामी ती योजनाहरूलाई पुरा गरेर प्रदेशमा मात्रै होइन देशमा विकासको गति दिन चाहन्छौँ ’ उनले भने, ‘हामीले गरेका राम्रो कामहरूको प्रचार हुन सकिरहेको छैन ।’

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले जनतामा आसा जगाउने थुप्रै कामहरू गरिरहेको बताएका थिए । उनले विपद्मा परेकाहरूको विषयमा सरकार गम्भीर रहेको र उनीहरुको लागि राहत प्याकेज समेत ल्याएको बताए ।

शिथिल भएको अर्थतन्त्र तङ्ग्रिँदै गएको, विकास निर्माणले गति पाएको भन्दै मन्त्री भण्डारीले सरकार सुशासन, संवृद्धि र विकासमा केन्द्रित रहेको बताए

एमाले पोलिट ब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले पार्टीको नीति र विधि अनुसार नेता कार्यकर्ताअघि बढ्नु पर्ने बताएका थिए । उनले शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने प्रतिज्ञा सबैले गर्नु पर्नेमा जोड दिएका थिए ।

अर्का पोलिटब्युरो सदस्य लीला भण्डारीले सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा गर्न सबै लाग्नु पर्ने बताइन् । एमाले प्रदेश कमिटी उपसचिव भागरथी विष्ट, प्रदेश कमिटी सदस्य तथा प्रदेश भौतिक राज्यमन्त्री निर्मला साउँद, प्रदेश सांसद धर्मराज पाठक, , प्रेस चौतारी केन्द्रीय प्रचार विभाग सदस्य हेमन्त पौडेल , प्रेस चौतारी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लोगश्वरी कुँवर, एमाले कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, प्रेस चौतारी केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशील ढुङ्गाना लगायतले शुभकामना दिँदै मुलुकको पछिल्लो अवस्था र प्रेस चौतारीको जिम्मेवारीका विषयमा धारण राखेका थिए ।कार्यक्रममा एमाले नेता कार्यकर्ता र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रेस चौतारी कैलाली अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन सचिव जनक विष्टले गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज