Advertisement

Breaking News 2

बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : जयपृथ्वी बहुमुखी क्याम्पस, भौपुरमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस विपद् व्यवस्थापन क्षेत्रको आयोजनामा र क्याम्पस परिवारको सहकार्यमा आयोजित कार्यक्रममार्फत विद्यार्थीहरूलाई विपद् प्रतिकार्य, आत्मरक्षा र आगजनीबाट बच्ने उपायबारे जानकारी प्रदान गरियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, आश्रित गुल्मका डिएसपी दुर्गादत्त भट्टको नेतृत्वमा फिल्डमा प्रायोगिक कक्षाहरू (डेमो) सञ्चालन गरियो। सहभागीहरूले विपद्को समयमा आवश्यक सतर्कता र सुरक्षित उपायहरूको अभ्याससमेत गरे। कार्यक्रमको अध्यक्षता प्राध्यापक डा. दीपकराज जोशीले गर्नुभएको थियो। उहाँले पछिल्लो समय बस्तीहरूमा देखिएको आगजनीजस्ता घटनालाई न्यूनिकरण गर्न समुदायमा जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षक भानु जोशीले विपद् व्यवस्थापन र आत्मरक्षाका उपायहरूको ...
जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा गरियो विपद व्यवस्थापन  सम्वन्धि जनचेतनामूलक कार्यक्रम

जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा गरियो विपद व्यवस्थापन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

Breaking News 2, बझाङ, समाचार
उत्तमकुमार थापा- बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा विपद व्यवस्थापन सम्वन्धि कार्यक्रम गरिएको छ । आज एक कार्यक्रमका विच जिल्लाकाे सदरमुकाम चैनपुरकाे भाेपुरमा रहेको क्याम्पसमा विभिन्न डेमाे गरेर जनचेतनामूलक कार्यक्रम गरिएको हो । व्यवस्थापन विपद क्षेत्रकाे आयाेजनामा शिक्षण लिन आउनु भएका विद्यार्थी छात्र छात्राहरु सहित शिक्षक र स्थानीय बासिन्दाकाे उपस्थितिमा डेमाे अर्थात विपद सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । क्याम्पसकाे निमन्त्रणामा सशस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी दुर्गादत्त भट्ट सहित पत्रकारहरुकाे उपस्थिति रहेको थियाे । जयपृथ्वी बहुमुखी क्याम्पस जिल्लाकै नमुना क्याम्पसकाे रुपमा रहेको देखिन्छ भने, पछिल्लो समय विभिन्न बस्तीमा बढ्दै आएकाे आगजनी सम्वन्धि कलाश लिनु पर्ने भन्दै,डिएसपी दुर्गादत्त भट्टले कलास लिनु भएको थियाे । क...
राष्ट्रिय युवा संघ नेपालको कैलाली जिल्ला कार्यसमिति गठन, हेमन्त साउदको नेतृत्वमा ३६ सदस्यीय टोली

राष्ट्रिय युवा संघ नेपालको कैलाली जिल्ला कार्यसमिति गठन, हेमन्त साउदको नेतृत्वमा ३६ सदस्यीय टोली

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली: नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कैलाली जिल्ला कमिटीको १०औं अधिवेशनले हेमन्त साउदको अध्यक्षतामा ३६ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हिमान्शु साह, सचिवमा उत्तम महरा, सहसचिवमा कृष्ण थापा र छत्र गुरुङ तथा कोषाध्यक्षमा सरिता जैशी रहेका छन् । सदस्यहरूमा समिर सोडारी, प्रदीप थापा, यज्ञराज बिक, कृष्ण ढाट, गजेन्द्र बोगटी, ललित देवकोटा, सन्तोष चौधरी, दिनेश बिकलगायत युवाहरू चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल देशभरका युवाहरूलाई संगठित गर्दै राष्ट्रनिर्माण र सामाजिक न्यायका लागि अग्रसर भैरहेको नेकपा (एमाले) निकट भातृ संगठन हो । संघले शिक्षा, रोजगारी, युवा उद्यमशीलता र सामाजिक जागरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। नवनिर्वाचित अध्यक्ष हेमन्त साउदले अधिवेशनलाई सम्बोधन गर्दै युवाहरूको हक, अधिकार र अवसरको सुनिश्चितताका लागि स...
चाैरमा पढ्न बाध्य विद्यार्थीका लागि स्थायी भवनले ल्याएको खुसी”

चाैरमा पढ्न बाध्य विद्यार्थीका लागि स्थायी भवनले ल्याएको खुसी”

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका-७ गाेर्खालीमा रहेको गाेर्खाली निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि चाैरमा बसेर पढ्नुपर्ने कठोर अवस्था अन्त्य भएको छ। भूकम्पका कारण विद्यालयको भवन पूर्ण रूपमा क्षति भएपछि यहाँका करिब २ सयभन्दा बढी विद्यार्थी लामो समयसम्म चौरमा कष्टकर परिस्थितिमा पढ्न बाध्य भएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरबहादुर सिंहले यो समस्याको समाधानका लागि निरन्तर विभिन्न तहका सरकार तथा संघ-संस्थाहरूको ध्यानाकर्षण गराउँदै आउनुभएको थियो। दुर्गम क्षेत्रको यो गम्भीर समस्यामा स्थानीय सरकार, खप्तड छान्ना गाउँपालिका र प्रदेश सरकारले चासो नदेखाएको भन्दै सिंह चिन्तित हुनुहुन्थ्यो। उहाँले समस्या समाधानका लागि विभिन्न राजनीतिक दल, संघ-संस्था र सरोकारवाला निकायहरूबाट सहयोगका लागि पहल गर्नु भयो। “कोही नहुनेको हामी छौँ” भन्ने भावनासहित अष्ट्रेलियान हिमाल...
सुदूरपश्चिम प्रदेशका सभापति र महामन्त्रीमाथि भारतमा अवैध चन्दा संकलनको आरोप, रास्वपामा विवाद चुलिँदै

सुदूरपश्चिम प्रदेशका सभापति र महामन्त्रीमाथि भारतमा अवैध चन्दा संकलनको आरोप, रास्वपामा विवाद चुलिँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय विभिन्न विवादहरू सतहमा आएका छन् । सुदूरपश्चिम प्रदेशका नेताहरूले भारतमा अवैध रूपमा चन्दा संकलन गरेको आरोपसँगै पार्टी सभापति रवि लामिछाने पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन्, जसले पार्टीको छविमा गम्भीर असर पार्न सक्ने देखिएको छ । सुदूरपश्चिम प्रदेशमा रास्वपाका प्रदेश सभापति ई. प्रकाश विष्ट र महामन्त्री सन्तोष जोशीमाथि पार्टीको नियमविपरीत भारतमा चन्दा संकलन गरेको आरोप लागेको छ । पार्टी कार्यकर्ता गजेन्द्र सिंहले सामाजिक सञ्जालमार्फत यी नेताहरूले गैरकानुनी रूपमा चन्दा उठाएको दाबी गरेका थिए । सिंहले आफ्नो पोस्टमा स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको नाममा रकम संकलन गरिएको समेत उल्लेख गरेका थिए । यो विषयमा पार्टीका प्रवक्ता तथा महामन्त्री सन्तोष जोशीले आरोप अस्वीकार गर्दै सिंहविरुद्ध कानुनी कारबाही गर्ने बताएका छन् । यद्यप...
सुनिपिपलचौर माविमा एसईई तयारीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

सुनिपिपलचौर माविमा एसईई तयारीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित सुनिपिपलचौर माध्यमिक विद्यालयले एसईई तयारी गरिरहेका विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न बुधबार (भोली) देखि विद्यालयमै निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न र उनीहरूको तयारीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । ट्युसन कक्षामा विषय शिक्षकहरूबाट गणित, विज्ञान र अंग्रेजी विषयको ट्युसन पढाई हुने विध्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र बहादुर सिंहले यो कदमलाई विद्यार्थीको भविष्य निर्माणमा एक महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गरेका छन् । ‘विद्यार्थीलाई बाहिरी ट्युसनको आर्थिक बोझ कम गर्दै उनीहरूको अध्ययनलाई प्रभावकारी बनाउने हाम्रो मुख्य उद्देश्य हो । यसमा अभिभावक र विद्यार्थीहरूको सहयोग...
पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुरपश्चिममा लाल बहादुर बोहरा को उम्मेदवारी

पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुरपश्चिममा लाल बहादुर बोहरा को उम्मेदवारी

Breaking News 2, कैलाली, ताजा अपडेट, राजनीति, सुदूरपश्चिम
माघ १८ गते हुने पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुर पश्चिममा लाल बहादुर बोहरा ले उम्मेदवारी  दिएका छन । नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धन बाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानल बाट बोहरा उम्मेदवार बनेका हुन् । एमाले -कांग्रेस गठबन्धन बाट भुगोल तर सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवार दिएका बोहरा नेल्टा नेपालका सुदुर पश्चिम् प्रदेश संयोजक हुन। सुदुर पश्चिम् प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका छन। बोहराले भूगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवारी गरे सँगै आफ्नो प्रतिबद्धता समेत सार्बजनिक गरेका छन। उनको क्र.सं.( २ ) रहेको छ। बोहराको उम्मेदवारी किन ? १.पशु स्वास्थ तथा पशु सेवा ब्यवसायलाई कानुनी मान्यताका लागि ब्यवस्थित,मर्यादित र गुणस्तरीय बनाउन। २.एक गाउँ एक प्राबिधिक तथा तिनै तहमा करार सेवामा कार्यरत ...
छाउगोठमा सुतिरहेको बेला बाघको आक्रमण

छाउगोठमा सुतिरहेको बेला बाघको आक्रमण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ । बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले रातोपाटीलाई जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।...
धनगढीका मेयर हमालको मिडियामा कार्यरत कर्मचारीले तलब नपाई जागिर छोडे

धनगढीका मेयर हमालको मिडियामा कार्यरत कर्मचारीले तलब नपाई जागिर छोडे

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको मिडिया ‘दिनेशखबर’ का सम्पादक वीरेन्द्र भट्टले जागिर छोडेका छन् । झण्डै पाँच वर्षदेखि सो मिडियामा कार्यरत उनले तलबबापत लाखौं रुपैयाँ लिन बाँकी छ । केही दिनअघि उनले सामाजिक सञ्जालमा जागिर छोडेको पोष्ट हालेका छन् । लेखेका छन्,‘मैले आजदेखि दिनेशखबर छोडेँ ।’ उनले तलबका लागि पत्रकारसम्बद्ध संघ संगठन गुहारेको बुझिएको छ । मेयर हमालको अनलाइनले विगतदेखि नै तलब दिन आनाकानी गर्दै आएको स्रोत बताउँछ । जसका कारण अधिकांश पत्रकारले तलब नलिइकन धमाधम जागिर छोडिरहेका छन् । सम्पादक भट्टले आफ्नो ६ लाख रुपैयाँ बाँकी रहेको बताए । गत माघ ६ गतेदेखि जागिर छोडेका उनले तलबका लागि निरन्तर मेयर हमालसँग आग्रह गरिरहेका छन् । उनले अलिअलि गरेर रकम लैजान भनेको भट्टको भनाइ छ । ‘मैले मेयरसँग कुरा गरेँ । त्यसपछि म्यानेजमेण्टमा पनि कुरा राखेँ । उहाँहरु विभिन्न बहा...
हेमा श्री फाउन्डेसन र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न

हेमा श्री फाउन्डेसन र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : हेमा श्री फाउन्डेसन नेपालको आयोजना र अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमाला, कैलालीको समन्वयमा गौरीगंगा–२ मा रहेको मालिका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सडक दुर्घटनाका घटना वृद्धि भइरहेका कारण विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमबारे जानकारी दिँदै हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले गौरीगंगा नगरपालिकाका पाँचवटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए। गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले यो कार्यक्रमले विद्यार्थीहरूलाई व्यस्त सडक र राजमार्ग पार गर्दा हुने जोखिमबाट जोगिन सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे। कार्यक्रमका प्रशिक्षक तथा अ...
मुकेश कुमार थापाको नेतृत्वमा निजामती कर्मचारी संगठन बझाङ सुदृढीकरणतर्फ

मुकेश कुमार थापाको नेतृत्वमा निजामती कर्मचारी संगठन बझाङ सुदृढीकरणतर्फ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल निजामती कर्मचारी संगठन बझाङको १३औँ जिल्ला अधिवेशनले मुकेश कुमार थापालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। थापाको नेतृत्वमा संगठनलाई सुदृढ र कर्मचारीको हकहितमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। अध्यक्ष थापासँगै १९ सदस्यीय जिल्ला समिति गठन भएको छ। समितिमा धर्मराज जोशी उपाध्यक्ष, बिन्दु चन्द उपाध्यक्ष (महिला), दिपक बोहरा सचिव, नरेश ओली उपसचिव, र हर्क बहादुर सार्की कोषाध्यक्ष चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष मुकेश कुमार थापाले आफ्नो सम्बोधनमा संगठनको उन्नयन र कर्मचारीहरूको हकअधिकार सुनिश्चित गर्न सबै कर्मचारीहरूलाई एकताबद्ध बनाउन नयाँ योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। "संगठनलाई थप सुदृढ बनाउँदै, सबै कर्मचारीको मञ्चका रूपमा विकास गर्न निरन्तर काम गरिनेछ," थापाले भने। थापा संगठनभित्रको अनुभवी नेतृत्वकर्ता हुन्। उहाँले विगतमा संगठनका वि...
नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन उद्घाटन

नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन उद्घाटन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रम संगठनका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकाश बहादुर खड्काद्वारा सम्पन्न भयो। कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संगठनका पदाधिकारीहरू, र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। इन्चार्ज खड्काले उद्घाटन समारोहमा बोल्दै नयाँ भवन निर्माण सबै कर्मचारीको एकताका कारण सम्भव भएको बताए। उनले भने, "जिल्लामा नयाँ भवन उद्घाटनसँगै जिल्ला समन्वय समितिको सभाहलमा १३औँ जिल्ला अधिवेशन हुने छ।" संगठनका जिल्ला अध्यक्ष दिनेश बहादुर धामीले १३औँ जिल्ला अधिवेशनले उत्कृष्ट नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे। उनले संगठनले अहिलेसम्म पुर्‍याएका विभिन्न उपलब्धिहरूको चर्चा गर्दै आगामी कार्यकालमा थप योजनाबद्ध र परिणाममुखी कार्य गरिने उल्लेख गरे। रिवन काटेर उद्घाटन गरेक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज