बझाङ जिल्ला कमिटीलाई टेर्दैनन भैरव सिंह, सामाजिक संजालमा विरोधमा उत्रिदै
Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: नेकपा एमाले बझाङमा पछिल्लो समय आन्तरिक गुटबन्दी र विवाद चर्किदै गएको छ । जिल्लाको तल्लो भाग देउलेखमा असार १० र ११ गते बसेको जिल्ला कार्यसमितिको बैठकले संगठनात्मक सुदृढीकरणमा जोड दिने निर्णय लिएको थियो । तर उक्त बैठकलाई प्रदेशसभा क्षेत्र नं. २ का इन्चार्ज अफिलाल ओखेडा र जिल्ला इन्चार्ज भैरव सिंहले अनाधिकृत भन्दै सामाजिक सञ्जालमा खुला असहमति जनाएपछि विवाद झन् नयाँ उचाइमा पुगेको छ ।
२०८१ मंसिर २४–२६ गतेको स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचित वर्तमान जिल्ला कमिटीको निर्णयलाई खुलेआम अस्वीकार गर्दै भैरव सिंह स्वयं पार्टी अनुशासन र विधानको उल्लंघन गर्दै आइरहेका छन् । इन्चार्जको हैसियतमा पार्टी एकता र अनुशासन कायम गर्नुपर्ने जिम्मेवारी वहन गर्नु पर्नेमा, उनले उल्टै कार्यसमितिको अधिकारमाथि प्रश्न उठाउँदै असहयोग र विरोधको बाटो अँगालेका छन् ।
जिल्ला कमिटी सचिव नयन बोहराले इन्चार्ज सिंहलाई...











