बुढीगंगामा माटोका भाँडाकुँडा बनाउने एक महिनाको तालिम सम्पन्न, युवामा स्वरोजगारको आशा
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, रोजगार, सुदूरपश्चिम
बाजुरा: बुढीगंगा नगरपालिकामा एक महिनादेखि सञ्चालनमा रहेको माटोका भाँडाकुँडा बनाउने सीपमूलक तालिम हिजो एक कार्यक्रमका बीच समापन गरिएको छ । बुढिगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्र र GIZ-RIP Green परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउने लक्ष्य लिएको हो ।
समापन समारोहमा नगर प्रमुख राम बहादुर बानियाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै भने, “यो तालिमले कम्तीमा केही युवाहरूमा स्वरोजगारप्रतिको प्रेरणा जगाउनेछ भन्नेमा म ढुक्क छु। अब हामी नगरले पनि आवश्यक सहयोग पुर्याउनेछौं ताकि यी सीपहरू केवल अभ्यासमा मात्रै सीमित नहून्, व्यवसायको रूपमा विकास होउन्।”
कार्यक्रममा नगर उपप्रमुख माया खड्का (कुवर) ले सहभागी युवती र महिलाहरूको सक्रियता उल्लेख गर्दै भनिन्, “महिलाहरूको सहभागिता निकै उत्साहजनक देखियो। महिलाहरू पनि अब सश...












