हुम्लाको खच्चा सडकमा सास्ती : डोजरको सहयोगमा मालबाहक ट्रक पास गर्नुपर्ने बाध्यता
Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, हुम्ला
हुम्ला – निरन्तरको सुख्खा पहिरोले हुम्लाको खच्चामा सडक नियमित सञ्चालनमा ल्याउन समस्या भएको छ । कर्णाली करिडोरअन्तर्गत हुम्लाको कुवाडीखोलाबाट खार्पुनाथसम्म नियमित रूपमा गाडी सञ्चालनमा ल्याउन सर्केगाड–१ जैरीको खच्चा सडकले अबरोध गरेको छ । नेपालगञ्ज, सुर्खेतबाट पुग्ने गरेका मालबाहक ट्रकहरु प्रायः खच्चामा रोकिनुपर्ने अवस्था छ । सडकको कच्ची भागमा नियमितजसो सुख्खा पहिरो खस्ने गरेको छ ।
स्थानीय होटल सञ्चालक डिलबहादुर बुढाले पहिरोले निक्कै सास्ती दिएको बताउनुभयो । सामान ल्याएर खच्चामै थन्कीदा घाटा हुने भएकाले पैसा उठाएर कामदार र डोजरलाई तिरेर सडक बनाउने गरेको सर्केगाडका व्यवसायी लक्ष्मण फडेराले गुनासो गर्नुभयो । सरकारी निकायबाट ढिलासुस्ती हुने गरेको छ । सडक मर्मतमा ढिला हुँदा सामान बिग्रने जोखिम हुन्छ । खच्चा सडक खण्डलाई नियमित गर्न बैकल्पीक सडकको व्यवस्थापन गर्न माग हुँदै आएको छ ।
सडक विभागब...












