Advertisement

Breaking News 1

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सुरु

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी – प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन आजदेखि धनगढीमा सुरु भएको छ। धनगढीको जियान होटलस्थित सभाहलमा आयोजना गरिएको अधिवेशनले प्रदेशभरिका पत्रकारहरूको व्यापक सहभागिता जुटाएको छ। पत्रकारिता क्षेत्रको सशक्तीकरण, प्रेस स्वतन्त्रताको रक्षा, तथा संगठनात्मक सुदृढीकरणका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। अधिवेशनको सभापतित्व प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीले गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत रहेका छन् भने नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रिय कमिटी सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनी राना तथा लिला भण्डारी  र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ। प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा प्रेस चौतारी नेपाल धनगढी र प्रेस चौतारी ने...
अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलेको छ। गय रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जयपृथ्वी नगरपालिका- ७ तमैल बजार नजिकै पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अहिले भर्खरै खुलेको छबिसपाथिभेरा गाउँपालिका-१ का अध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए । जयपृथ्वी नगरपालिकाको जेसिवी प्रयोग गरेर राजमार्ग खोलिएको हो । पहिरोले राजमार्ग अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका थिए। अहिले उक्त राजमार्ग खुलेपछि बिहानैदेखि रोकिएका सवारी साधन आआफ्नो गन्तव्य तिर लागेका छन् ।...
बझाङको तमैल बजार नजिकै जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङको तमैल बजार नजिकै जयपृथ्वी राजमार्ग अवरुद्ध

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको तमैल बजार नजिकै सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गय रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जयपृथ्वी नगरपालिका- ७ तमैल बजार नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। पहिरोले राजमार्ग अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । अहिले उक्त अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन कति समय लाग्ने हो भन्ने यकिन नभएको बताइएको छ।...
वडाध्यक्ष भाट दुई वर्षदेखि वडावासी जनताको विद्युत महसुल तिर्दै

वडाध्यक्ष भाट दुई वर्षदेखि वडावासी जनताको विद्युत महसुल तिर्दै

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीका एकजना वडाध्यक्ष वडावासी जनताको विद्युत महसुल तिर्दै आएका छन् । जिल्लाको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडावासी जनताको सबै विद्युत महसुल तिर्दै आएका हुन् । वडाध्यक्ष भाट विगत २ वर्षदेखि आफ्नो मासिक पारिश्रमिकबाट वडाका ३ सय ग्राहकको विद्युत महसुल तिर्दै आइरहेका छन्। वडाअध्यक्षमा निर्वाचित भए लगत्तै उनले वडाबासीको विद्यूत महसुल तिरिदिने घोषणा गरेका थिए । २०७९ साउनदेखी ०८१ पुष मसान्त सम्मको विद्युत महसुल तिरेको रसिद घर–घरमै पु¥याउने गरी टोल–टोलमा वितरण गरिरहेका छन् । वडावासीलाई जानकारी दिन र प्रत्यक्ष भेटघाट गर्नका लागि उनी स्वयं प्रत्येक टोलमा पुगेर रसिद हस्तान्तरण गरिरहेका छन्।...
जनतासँग माओवादी तराई मधेस अभियान सप्तरी पुग्याे

जनतासँग माओवादी तराई मधेस अभियान सप्तरी पुग्याे

Breaking News 1, समाचार
नेकपा माओवादी केन्द्रको जारी जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा खटिएको केन्द्रीय टोली आज पाँचौँ दिन सप्तरी पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरू कोशी प्रदेशको विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागी हुँदै सप्तरी पुगेको हो । आज सप्तरीमा विभिन्न कार्यक्रमको आयोजना हुनेछ । अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्लामा तीन मुख्य कार्यक्रम गर्दै छ। पदाधिकारी टोली अबको आठ दिनसम्म मधेस प्रदेशमा केन्द्रित हुनेछन् ।...
दार्चुलाको किम्तडी ठण्याकाठामा लेदासहितको पहिरो, सडक अवरुद्ध

दार्चुलाको किम्तडी ठण्याकाठामा लेदासहितको पहिरो, सडक अवरुद्ध

Breaking News 1, ताजा अपडेट, दार्चुला, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलाको महाकाली नगरपालिका–५ को किम्तडी ठण्याकाठामा सडक अबरुद्ध भएको छ । सडक माथिबाट लेदासहितको पहिरो खस्दा अवरुद्घ भएको जनाइएको छ । केहि समय पहिले मर्मत सम्भार सम्पन्न गरि सञ्चालनमा आएको किम्तडी ठण्याकाठामा फेरि अवरुद्ध भएको प्रहरीले जनाएको छ । विहान ७ बजेदेखि माथिबाट लेदोसहित पहिरो खस्दा महाकाली लोकमार्ग अन्तरगत खंलगा–गोकुलेश्वर सडक खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए । सडक अबरुद्ध हुदा जिल्ला सदरमुकाम भित्रिने र बाहिरिने यातायातका साधनहरु ठप्प भएका छन् ।...
बिद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्न गौरीगंगाको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

बिद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्न गौरीगंगाको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

Breaking News 1, Breaking News 2, कैलाली, मुख्य समाचार, शिक्षा, समाचार
धनगढी- कैलालीको गौरीगंगा नगरपालिका ६ मोया मा रहेको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हेमा श्री फाउन्डेसन नेपालले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता बिहीबार विद्यालयमा सम्पन्न भएको हो । विद्यार्थीहरूको बौद्धिक, सामाजिक र मानसिक विकासलाई लक्षित गरेर हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियोे । अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमले बिद्यार्थीहरुको अन्तरनिहित प्रतीभा प्रस्फुटन गर्न र बिद्यार्थीहरुमा बौद्धिक क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरेको संयोजक तथा फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए । हाजिर जवाफ विद्यार्थी बिच सदन छुट्टाएर गरिएको थियोे । जसमा रातो सदनले प्रथम, पहेँलो सदनले द्वितीय, सेतो सदनले तृतीय र निलो सदनले सान्त्वना स्थान हासिल गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गरे...
आज बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

आज बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – आज बिहानै सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो । कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए । भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् । सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको पनि प्रमुख जिल्ला अधिकारी थापाले उज्यालोलाई जानकारी दिनुभयो । यसबाहेक अरु क्षतिकोबारे जानकार...
बित्थडचिरको देउलेखमा आयोजित निःशुल्क प्रजनन स्वास्थ्य शिविरबाट लिए १ सय ८८ जनाले सेवा

बित्थडचिरको देउलेखमा आयोजित निःशुल्क प्रजनन स्वास्थ्य शिविरबाट लिए १ सय ८८ जनाले सेवा

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
नरेश बिष्ट बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य चौकीमा निःशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहीबार गाउँपालिकासँगको समन्वयमा स्वास्थ्य कार्यालय बझाङ तथा परिवार नियोजन संघले आयोजना गरेको निःशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको हो । सम्पन्न उक्त निःशुल्क प्रजनन स्वास्थ्य शिविरमा १ सय ८८ जनाले सेवा लिएका छन्। जसमा ७६ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण, ७ जना महिलालाई पाठेघर खसेको समस्या समाधानका लागि रिङ पेसरी राखिएको छ। यस्तै २८ जना गर्भवती महिलाको भिडियो एक्स-रे , २ जना महिलाको मिनिल्याप तथा ९ जना पुरुषहरूको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा प्रदान गरिएको छ । शिविरमा सेवा लिने आएका सेवाग्राहीलाई प्रोत्साहनस्वरूप ब्ल्याङ्केट वितरण गरी कार्यक्रम समापन गरिएको थियोे । शिविरमा स्वास्थ्य कार्यालय बझाङका टिम, रेडियोलोजिष्ट डा. रोह...
केदारस्यूँ गाउँपालिका-६ मा नि:शुल्क आँखा शिविर, ६३ जनाले लिए सेवा

केदारस्यूँ गाउँपालिका-६ मा नि:शुल्क आँखा शिविर, ६३ जनाले लिए सेवा

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नरेश बिष्ट बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-६ मा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट ६३ जनाले सेवा लिएका छन्। बिहीबार केदारस्युँ गाउँपालिका र प्रगतिशिल युवा समाजकाे सहकार्यमा थापागाउँमा आयोजित निःशुल्क आँखा सिविरबाट उक्त संख्यामा आँखाका बिरामीले सेवा लिएका हुन् । सेवा लिएका मध्य ३५ जनाले चस्मा प्रयोग गर्नुपर्ने देखिएको छ , भने ४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । चस्मा आवश्यक भएकाहरुलाई केही दिनभित्र प्रदान गरिने भएको । यस्तै शुक्रबार वडा नम्बर ८, टुडिखेलमा नि:शुल्क आँखा सिविर सञ्चालन गरिनेछ।...
जीवनमा आइपर्ने बाधा अड्चनहरुलाई मध्यनजर गर्दै विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै

जीवनमा आइपर्ने बाधा अड्चनहरुलाई मध्यनजर गर्दै विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- पछिल्लो समयमा बाजुराका अधिकांश विद्यालयहरूले विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन्। जिल्लाका विभिन्न विद्यालयमा बालबालिकाहरुलाई खुवाईदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज हुनेगरी त्यहाँका विद्यालयले विद्यार्थीहरुलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका हुन्। विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई पढाइसँगै तरकारी खेतीका बारे सिकाइने गरेको बुढीनन्दा नगरपालिका– ९ ढप्क स्थित सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका छात्रा छाँया गुरुङले जानकारी दिए। ‘विद्यालय वरीपरी धेरै जमिन छ। दुइ वर्षदेखि हामीले त्यो सबै जमिनमा तरकारी लगाउँदै आएको उनलेे भनिन् । ‘हामी सबै विद्यालयमा बस्छौं। विद्यालयमै खान सुत्नको राम्रो व्यवस्था छ। त्यसैले दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी अहिले हामीले विद्यालयमै तरकारी उत्पादन गर्न थालेका हौ।’ ...
वडाध्यक्ष सिंह सम्मानित

वडाध्यक्ष सिंह सम्मानित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का वडाध्यक्ष करनजंग बहादुर सिंहलाई सम्मान गरिएको छ । वडाध्यक्ष सिंहले जनता र पार्टीका लागि प्रशंसनीय कार्य गरेको भन्दै नेपाली काँग्रेसले सम्मान गरेको हो । नेपाली कांग्रेस छविसपाथिभेरा गाउँ कार्यसमितिको बृहत सम्मेलनमा वडाध्यक्ष सिंहलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ । वडाध्यक्ष सिंहलाई प्रदान गरिएको सम्मान पत्रमा नेपाली कांग्रेस बझाङ जिल्ला छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा १४ औं अधिवेशनबाट वडा सभापति र २०७९ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भई छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मटेला वडा तथा गाउँपालिकाबाट बिनियोजित बजेट जनताप्रति उत्तरदायी बनाउँदै थप अन्य सामाजिक कार्यहरूप्रति तपाई श्री करन जङ्ग बहादुर सिंहले गरेका कामकाजको उच्च मूल्यां‌कन र कदर गर्दै छबिसपाथिभेरा गाउँपालिकाले र खप्तडछान्ना गाउँपालिकाबाट सम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज