Advertisement

Breaking News 1

कञ्चनपुरमा एकजना वडाध्यक्ष सडकमा बसेर सेवा प्रवाह गर्दै, सडक कालोपत्रको माग

कञ्चनपुरमा एकजना वडाध्यक्ष सडकमा बसेर सेवा प्रवाह गर्दै, सडक कालोपत्रको माग

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कञ्चनपुरमा एकजना वडाध्यक्षले सडकमा बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष अर्जुन साउँदले सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका हुन । वडाध्यक्ष साउँदले सडकको प्रवेश बिन्दुमै टेबुल राखेर आइतबारदेखि सडक कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालय सञ्चालन गरेका छन् । ठेक्का सम्झौता भएको लामो समयदेखि बंक-नायल-बुडर सडक कालोपत्र कार्य नभएपछि वडाध्यक्ष साउदले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिन सडकमै कार्यालय सञ्चालन गरेको बताए । कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै कार्यालय सञ्चालन गर्ने समेत उनले बताए । ‘पटक-पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन,’ वडाध्यक्ष साउदले भने, ‘सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सि...
साइपालमा हिम पहिरो,, जयपालका ४५ भेडा बेपत्ता

साइपालमा हिम पहिरो,, जयपालका ४५ भेडा बेपत्ता

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको साइपाल गाउँपालिकामा हिम पहिरोमा परि  ४५ वटा भेडा  बेपत्ता भएका छन्। साइपाल गाउँपालिका-४ धुलीका जयपाल रोकायाका ४५ भेडा हिमपहिरोमा परि बेपत्ता भएका हुन। गुदुपाल हिमालको फेदीमा रहेको गुदुपाल सामुदायिक वनबाट भेडा चराएर घर तर्फ फर्किने क्रममा हिमपहिरो आएको प्रहरीले जनाइएको छ। घटना शनिबारको भए पनि प्रहरीमा भने आइतबार मात्रै खबर आएको प्रहरीले जनाएको छ। हिमपहिरोमा भेडाहरू परेको खबर आएलगत्तै सीमा प्रहरी चौकी धुलीबाट उद्धारको लागि आइतबार नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार पनि प्रहरी र स्थानीयले पहिरोमा पुरिएका भेडाहरूको खोजी गरिराखेका जनाइएको छ।...
कैलालीमा स्कुटर दुर्घटना हुँदा बझाङ घर भएका प्रहरीको मृत्युु

कैलालीमा स्कुटर दुर्घटना हुँदा बझाङ घर भएका प्रहरीको मृत्युु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कैलालीमा स्कुटर दुर्घटना हुँदा बझाङ घर भएका एकजना प्रहरीको मृत्युु भएको छ । जिल्लाको धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका– २ मा प्रहरी नायब निरीक्षक ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटना हुँदा मृत्यु भएको हो । आज बिहान साढे ११ बजे सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा बोहरा गम्भीर घाइते भएका थिए,’ उनलाई दुर्घटना पछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियोे भने १२ बजेको बोहराको निधन भएको छ ।’ प्रहरी नायक निरीक्षक बोहराको घर बझाङको मष्टा गाउँपालिका –७ हो । उनी सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) हुन् ।...
चन्दा असुली गर्दै हिँडेपछि जोशी अनेरास्ववियुबाट निष्कासित

चन्दा असुली गर्दै हिँडेपछि जोशी अनेरास्ववियुबाट निष्कासित

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अखिल (अनेरास्ववियु) बझाङले जिल्ला कोषाध्यक्ष सुरेश जोशीलाई संगठनको मर्यादा विपरीत चन्दा संकलन गरेको आरोपमा कारबाही गरेको छ। उनलाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निष्कासन गरिएको अनेरास्ववियु बझाङका अध्यक्ष रुपक धामीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। धामीका अनुसार जोशीको गतिविधिले संगठनको गरिमामा आँच पुगेको भन्दै उनलाई कारबाही गर्नु परेको हो। विज्ञप्तिमा भनिएको छ, **"जोशीले संगठनको अनुशासन तोड्दै अनधिकृत चन्दा संकलन गरेकाले उनलाई आजको मितिबाट निष्कासन गरिएको जानकारी गराइन्छ।"** जोशी एमाले केदारस्युँ गाउँपालिका–८ का वडा कमिटी अध्यक्षसमेत थिए। निष्कासनपछि उनले एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्। पार्टी छोड्नुको कारणबारे उनले स्ववियु निर्वाचन नजिकिँदै गर्दा पार्टीकै नेतृत्वद्वारा उठाइएको ऋण नतिरेको विषयलाई प्रमुख...
फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयलाई पत्र

फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयलाई पत्र

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयलाई पत्र पठाएको छ। गाउँपालिकाले आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पालिकामा फलाम खानीको सम्भाव्यता अध्ययन कार्य गर्न भन्दै पत्र पठाएको हो। परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहीत मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्। पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोगमा रहेकाे भन्दै सम्भाव्यता अध्ययन गरी दिन आग्रह गरेकाे जनाएकाे छ। फलाम खानी उत्खनन गर्न सके मुलुकलाई फलामकाे कच्चा पदार्थकाे स्राेत पहिचान र यस क्षेत्रमा कलकारखाना स्थानपना भई समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएकाे छ। त्यस्तै गाउँपालिकाले सम्भाव्यता अध्ययनलाई पहिलो प्राथ...
अमेरिकाले सहयोग रोक्यो ,,नेपालमा गैंडा गणना कार्य प्रभावित

अमेरिकाले सहयोग रोक्यो ,,नेपालमा गैंडा गणना कार्य प्रभावित

Breaking News 1, ताजा अपडेट, समाचार
धनगढी- नेपालमा गैंडा गणना कार्य प्रभावित हुने भएको छ । अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआडी) को सहयोग रोकिंदा नेपालमा यस वर्ष गर्ने गैंडा गणना कार्य नै प्रभावित हुने भएको हो । गैंडा गणना कार्य दाताको भरमा मात्रै हुँदै आएकोले युएसएआइडीको सहयोग रोकिएसँगै संकटमा परेको हो । हरेक पाँच–पाँच वर्षमा गरिने गैंडा गणना यो वर्ष चैत ५ गतेदेखि २५ गतेसम्म गर्ने तयारी थियो । गैंडा गन्न चाहिने जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको झन्डै ५० लाख सबै खर्च युएसएआइडीले बोहोर्ने सहमती थियो । तर सहयोग रोकिएपछि खरिद प्रक्रिया नै स्थगीत गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । गैंडा गन्न झन्डै डेढ करोड रुपैयाँ खर्च हुन्छ । युएसएआइडीको जलजङ्गल परियोजनासँगै विश्व वन्यजन्तु कोष नेपाल, राष्ट्र...
मौलिक गीत गाएर भाइरल बनेकी राधिकाको निधन

मौलिक गीत गाएर भाइरल बनेकी राधिकाको निधन

Breaking News 1, ताजा अपडेट, बाजुरा, समाचार
धनगढी- बाजुराकी चर्चित मौलिक गीत गाएर टिकटक र फेसबुक रिल्समा भाइरल बनेकी राधिका बादीको निधन भएको छ । आइतबार बिहान कालिकोटको पलाता गाउँपालिका-४, थिरपुमा ४२ वर्षको उमेरमा निधन भएको हो । कालिकोट प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार, राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन्, र फागुन १८ गते बिहान उनको मृत्यु भएको पुष्टि गरिएको छ । राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका-२ का बासिन्दा हुन् । यो जोडी मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो । विशेष गरी राधिकाको मादल बजाउने कला उत्कृष्ट मानिन्थ्यो, जसले सामाजिक सञ्जालमा धेरैको मन जितेको थियो । उनले मादल बजाएर नशा नशामा रगत रगतमा।। भन्ने गीत गाएको भिडियो भाइरल बनेको थियो । उनको उक्त भिडियो बाजुराका पत्रकार प्रकाश सिंहले बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।...
कैलालीको शैलेश्वरी सामुदायिक वनमा दुई जना छुट्टाछुट्टै मृत फेला

कैलालीको शैलेश्वरी सामुदायिक वनमा दुई जना छुट्टाछुट्टै मृत फेला

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको एक सामुदायिक वनमा दुई जना छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेला गरेका छन् जिल्लाको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जना छुट्टाछुट्टै मृत फेला परेका हुन् । धनगढी–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका जानकारी दिए । उनका अनुसार चौधरीको शव साइकलमा सामान बाध्ने रबरले पासो लगाएर रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियोे भने चौधरी झुन्डिएको करिब १५ \२० मिटर दुर भुइँमा पल्टिएको अवस्थामा रानाको शव फेला परेको थियो । जनाइएको छ ।...
किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन तालिम सम्पन्न, पूर्वमन्त्री भानुभक्त जोशीको विशेष उपस्थिति

किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन तालिम सम्पन्न, पूर्वमन्त्री भानुभक्त जोशीको विशेष उपस्थिति

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं :  किशोरावस्थाको स्वास्थ्य तथा महिनावारी व्यवस्थापनसम्बन्धी तीन दिने तालिमको तेस्रो समूह (batch) को समापन भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य शिक्षा, चेतना तथा अधिकार, नेपालको आर्थिक सहयोग तथा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्र को सहकार्यमा आयोजित उक्त तालिममा विभिन्न विद्यालयका स्कूल नर्सहरू सहभागी भएका थिए। तालिमको समापन समारोहमा पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री  भानुभक्त जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन सम्बन्धी यस्ता तालिमहरूलाई राष्ट्रिय स्तरमा विस्तार गर्नु आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव प्रस्तुत गरे। हेयर नेपालका अध्यक्ष माधव जोशीले किशोर स्वास्थ्यका लागि स्कूल नर्सहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै राज्यले उनीहरूको दक्षता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यक...
बेंगलोरमा नेपाली चलचित्र ज्वाइँ साब  हेर्नेको भिड आजको शो हाउसफुल

बेंगलोरमा नेपाली चलचित्र ज्वाइँ साब हेर्नेको भिड आजको शो हाउसफुल

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार
बेंगलोरमा प्रर्दशन भयको नेपाली कथानाक चलचित्र ज्वाइॅ साबले आज तेस्रो दिन दर्शको भरपुर माया पायको छ। गोपालना महलको सिनेमा हलमा प्रर्दशन भयको ज्वाइॅ साब हेर्न गयका नेपाली दर्शकले टिकट नपाएर फर्किनु परेको दर्शकले बताएका छन बसन्त निरौला द्वारा निर्देशित चलचित्रको मुख्य भुमिकामा जितुॅ नेपाल, निति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगाएतका कलाकारहरुको प्रस्तुति रहेको देख्न सकिन्छ चलचित्रलाई नेपाली भाषामा प्रर्दशन गरेकाले र कमिडि जनराको‌ भयकाले प्रवासमा रहेका नेपालीहरुले चलचित्र हेरेर मनोरन्जन गरेको श्री दॅदिर ईन्टरटेनमेन्टका अध्यक्ष सुरेश‌ आग्रिले बताएका छन।...
शुक्लाफाँटाका जङ्गली जनावर प्रभावित क्षेत्रमा तारजाली

शुक्लाफाँटाका जङ्गली जनावर प्रभावित क्षेत्रमा तारजाली

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार
धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ शुक्लाफाँटाको जङ्गली जनावर प्रभावित वडाका रूपमा रहेका वडा नं ८ र १२ मा मेसवायर (तारजाली) जडान सुरु गरिएको हो । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन् । प्रदेश सरकारको समपूरक अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख गरी रु एक करोड ५० हजारमध्ये रु ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्रमुख धामीले बताए । उनका अनुसार मेसवायर जडानको हालसम्म दुवै वडामा गरी ५१ प्रतिशत कार्य प्रगति भएको छ । वडा नं १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार नौ सय मिटर र वडा नं ८ मा वडा ...
बैतडीमा गाउँले दाजुको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको मृत्यु

बैतडीमा गाउँले दाजुको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्र बिष्टको मृत्यु भएको छ। लेनदेनको विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका-८ का २२ वर्षीय सुरेन्द्र बिष्ट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोही गाउँका दाइ नात पर्ने करिब ४५ वर्षीय कर्ण विष्टले शनिबार राती करिब साढे ९ बजेको समयमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज