Advertisement

कञ्चनपुरमा एकजना वडाध्यक्ष सडकमा बसेर सेवा प्रवाह गर्दै, सडक कालोपत्रको माग

Advertisement

धनगढी- कञ्चनपुरमा एकजना वडाध्यक्षले सडकमा बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष अर्जुन साउँदले सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका हुन ।
वडाध्यक्ष साउँदले सडकको प्रवेश बिन्दुमै टेबुल राखेर आइतबारदेखि सडक कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालय सञ्चालन गरेका छन् ।
ठेक्का सम्झौता भएको लामो समयदेखि बंक-नायल-बुडर सडक कालोपत्र कार्य नभएपछि वडाध्यक्ष साउदले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिन सडकमै कार्यालय सञ्चालन गरेको बताए ।
कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै कार्यालय सञ्चालन गर्ने समेत उनले बताए । ‘पटक-पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन,’ वडाध्यक्ष साउदले भने, ‘सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सिध्याइने गरिएको छ, त्यस भन्दा बाहेकको कार्य प्रगति हुन सकेको छैन ।’ जन दबाब बढ्न थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रका लागि सडकमा उत्रिनु परेको उनले बताए ।
धुलाम्मे सडकम हिँडडुल गर्न निकै सास्ती हुँदै आएको स्थानीय रामनाथले बताए । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले सडक कालोपत्रका लागि निर्माण व्यवसायीलाई तोकेता गर्दै आएको जानकारी दिए ।‘निर्माण व्यवसायीले अश्वासन दिन्छन् तर, काम गर्दैनन्,’ उनले भने,  ‘यथाशीघ्र कार्य सुरु गर्नका लागि पत्राचार गरेका छौँ, एक हप्ताभित्रै कार्य सुरु गर्ने विश्वास दिएको छ ।’ चैत महिनासम्म ठेक्को म्याद थप भएकाले बीचमै ठेक्का तोडेर अर्कोलाई दिन नसकिने भएकाले ताकेता गर्दै आएको उनले सुनाए।  सडक निर्माणका लागि सन्तोषी थेगिम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौता भएर विसं २०८१ वैशाखमा म्याद सकिएको थियो ।

विसं २०८२ चैत ३० गते सम्मका लागि म्याद थप भए पनि सडक स्तरोन्नती तथा कालोपत्रको कार्य अहिलेसम्म पूरा हुनसकेको छैन । सडक निर्माणको हालसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ । एघार करोड ८६ लाख रुपैयाँमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको चार वर्ष बिते पनि कार्य अलपत्र परेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज