कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित मुलनहरमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधवार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ भाद्र १९, बुधबार १८:४५२०८१ भाद्र १९, बुधबार १८:४५२०८१ भाद्र १९, बुधबार १८:४५ by कामना संवाददाताNo Comments
मलेसिया :सुदूरपश्चिम प्रदेशको महान चाँडको अवसरमा सुदूरपश्चिमेलि नेपाली समाज जोहोबारु मलेसियाद्वारा गौरा विशेष कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमको भाषा, कला संस्कृतिको जगेर्ना र सो भाषा कला साहित्यको प्रचारप्रसार गर्ने हेतुले सुदूरपश्चिमेलि नेपाली समाज जोहोबारुद्वारा आईतवार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लोक देउडा गायक सुनिल नेपाली सहित अन्य स्थानीय कलाकारले सुदूरपश्चिमको भाषा कला र साहित्यको अन्तर्राष्ट्रिय तवरमा प्रचारप्रसार हुने भाका गाएर मनोरञ्जन दिएको सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका सचिव कपिल बहादुर बोहराले जानकारी दिनुभयो । सचिव वोहराले सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गर्ने हरेक कार्यक्रममा बिगत देखि नै मलेसियामा क्रियासिल विभिन्न संघ-संस्था, राजनितिक दल तथा व्यवसायीक हरुबाट धेरै माया र सपोर्ट पाएको समेत बताउनुभयो ।
मलेसियाको राजधानी क्वालालम्पुर देखि करिब ...
२०८१ भाद्र १४, शुक्रबार २०:१३२०८१ भाद्र १४, शुक्रबार २०:१३२०८१ भाद्र १४, शुक्रबार २०:१३ by उत्तम कुमार थापा1 Comment
बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ परिङ्गालमा पहिराे खस्दा एक घर सेती नदिमा परेको छ ।
अविरल बर्षाले गर्दा करनराज गिरीकाे घर पुर्णरुपमा क्षेति भएको हाे । उनी दुखि भए पछि वडा नम्बर एक का अध्यक्ष करनजङग सिहले ३० हजार बराबरको राहत उपलब्ध गराउनु भएको छ ।
कामना टेलिभिजनकाे सहकार्यमा राहत उपलब्ध गराउदा गिरी परिवार निकै खुसि हुनुहुन्थ्यो, पिडाले थामि नसकेका करन करन आफै दुखि थिए झनै दुखि बनाएकाे थियाे गएको पहिराेले घर पुरी दिदा रातभरि पानी परेको थियाे विहानै जुरुक्क उठेर हेर्दा घरै सेती नदिकाे छेउमै पुगेको थियाे ।
स्थानीय सरकार छविसपाथिभेरा गाउँपालीकाले २ वटा टहरा बनाउने भनेपछि वडा अध्यक्ष सिँहले व्याक्तिगत सहयाेग गर्दै चर्पी निर्माण गर्ने सामाग्री हस्तान्तरण गर्नुका साथै लगाउने लुगाकपडा ११ थान टिन ,प्यान सेट ,पाईप सिमेन्ट हस्तान्तरण गर्नुभएको हाे ।
अहिले करनराज गिरीकाे...
२०८१ भाद्र १४, शुक्रबार ११:१७२०८१ भाद्र १४, शुक्रबार ११:१७२०८१ भाद्र १४, शुक्रबार ११:१७ by उत्तम कुमार थापा1 Comment
बझाङ : खाेड्पे चैनपुर सडक खण्ड अन्तर्गत जयपृथ्वी राजमार्ग अन्तर्गत रहेको बझाङकाे परिङगाल नजिकै पहिराे खस्दा सडक अवरुद्ध भएको हाे ।
आज विहान सडक माथिबाट पहिराे खस्ता आवतजावतमा समस्या परेको छ । जसका लागि जिल्ला प्रशासन बझाङले अवरुद्ध सडक खुलाउन सडक कार्यालयकाे डाेजरलाई सम्पर्क गरेको र चाडैं सडक खुल्ने प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलले बताउनु भयाे ।
माेषम परिवर्तनका कारण अहिले सडक जतासुकै अवरुद्ध हुँदै आएको छ । यसरी सडक अवरुद्ध हुदा यात्रुले भने दुख पाउने गरेका छन ।...
१३ भदौ, धनगढी– चर्चित कार्यक्रम ‘हेर्ने कथा’ले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् ।
‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।
उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका ...
२०८१ भाद्र १३, बिहीबार ०८:११२०८१ भाद्र १३, बिहीबार ०८:११२०८१ भाद्र १३, बिहीबार ०८:११ by कामना संवाददाता1 Comment
बझाङ : बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खस्नुभएको हो।
रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका करन गिरी र घर एक्कासी सेती नदीमा लगेको थियो । सेती नदीमा खसेपछि गुहार माग्नुभएका गिरीलाई स्थानीय दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गर्नुभएको थियो ।
करनको शरिरभर चोट लागेको उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । घटना राति भएकाले थप विवरण आउन बाँकी छ ।...
२०८१ भाद्र १२, बुधबार १८:५३२०८१ भाद्र १२, बुधबार १८:५३२०८१ भाद्र १२, बुधबार १८:५३ by बचन राज जोशी1 Comment
धनगढी : कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा कृषक संग राष्ट्रिय स्वतन्त्र पार्टी कार्यक्रम सम्पन्न भएको छ । कृषि पेशा गरिरहेका कृषकहरुलाई कृषि बारे आधारभूत ज्ञान प्रदान गर्ने उदेश्यले गरिएको सो कार्यक्रम आज कैलालीको घोडाघोडी नगरपालिका भागेश्वरी हलमा सम्पन्न भएको हो ।
धान खेतिमा लाग्ने विभिन्न रोगहरु र त्यसको समाधानका उपायहरु, तरकारी खेती तथा फलफूल खेती गर्ने तरिका त्यसमा लाग्ने रोग र त्यसका समाधानका उपायहरु र कृषक संग संबंधित विभिन्न कुराहरु कृषि विशेषज्ञद्वारा कृषकलाई जानकारी गराएको राष्ट्रिय स्वतन्त्र पार्टिका प्रदेश प्रवक्ता सन्तोष जोशिले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको कृषि बिभाग र कैलाली जिल्ला समन्वय समितिको सहकार्य तथा पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सो कार्यक्रममा प्रदेश कृषि बिभाग प्रमुख कृष्ण न्यौपाने, रास्वपा कैलाली जिल्ला संयोजक महेश चौधरी, रास्वपा...
१२ भदौ, धनगढी - दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् ।
खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।
नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी ट...
२०८१ भाद्र १२, बुधबार ११:४६२०८१ भाद्र १२, बुधबार ११:४६२०८१ भाद्र १२, बुधबार ११:४६ by बचन राज जोशीNo Comments
काठमाडौ : नेकपा (एकीकृत समाजवादी) पार्टीको उपाध्यक्ष (खुला तर्फ) भानुभक्त जोशी निर्वाचित भएका छन् । प्रतिनिधि सभामा बझाङ बाट निर्वाचित भएका जोशी नेकपा (एस) को केन्द्रीय पदाधिकारीका लागि भएको कमिटीको आन्तरिक निर्वाचनबाट उपाध्यक्ष (खुला) तर्फ विजयी भएका हुन । जोशी यसअघि सामान्य प्रशासन मन्त्रालयका मन्त्री समेत रहेका थिए । नेकपा (एकीकृत समाजवादी) को हिजो भएको केन्द्रिय पदाधिकारीको आन्तरिक निर्वाचन बाट निम्न व्यक्तिहरु निर्वाचित भएका थिए ।
वरिष्ठ उपाध्यक्ष:
१. क. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)
उपाध्यक्ष (महिला)
१. क. जयन्ती राई
उपाध्यक्ष (मधेसी समुदाय)
१. क. धर्मनाथ शाह (मधेसी)
उपाध्यक्ष (खुल्ला)
१. क. जगन्नाथ खतिवडा
२. क. गंगालाल तुलाधर
३. क. भानुभक्त जोशी
४. क.प्रकाश ज्वाला
उप- महासचिव
१. क. राजेन्द्र कुमार राई
२. क. मेटमणी चौधरी
३. ...
२०८१ भाद्र १२, बुधबार ११:३४२०८१ भाद्र १२, बुधबार ११:३४२०८१ भाद्र १२, बुधबार ११:३४ by कामना संवाददाताNo Comments
अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या गरिएको छ। २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमवार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छिन्।
ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेकी हुन्। घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए।
हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।...
२०८१ भाद्र १२, बुधबार ११:२८२०८१ भाद्र १२, बुधबार ११:२८२०८१ भाद्र १२, बुधबार ११:२८ by कामना संवाददाताNo Comments
धनगढीः नेकपा माओवादीका अध्यक्ष पुष्पकलमल दाहाल (प्रचण्ड)सहित ठूलो संख्यामा नेताहरु धनगढी आउँदैछन्।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड दलबलसहित धनगढी पुग्दैछन्। पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुने कार्यक्रम छ। प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि बैठकमा सहभागि हुँदैछन्।
उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन्। माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक विहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी ...
२०८१ भाद्र ११, मंगलवार २०:५६२०८१ भाद्र ११, मंगलवार २०:५६२०८१ भाद्र ११, मंगलवार २०:५६ by कामना संवाददाताNo Comments
डोटि: डोटिको शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहले कामना टेलिभिजनमा प्रकाशित समाचारको खण्डन गर्दै प्रतिकारमा उत्रीएका छन् ।
कामना टेलिभिजनले गत भदौ १० गते स्थानीय संग सरोकार कार्यक्रमद्वारा ´डोटीको शिखर नगरपालिका का वडाअध्यक्ष को रजगज , वडावासी भन्छन "चुनाव जितेपछि वडाअध्यक्ष को वडा कार्यलयमा मुख हेर्न पाएको छैनौ वडामा कुनै काम पर्यो कि वडाअध्यक्ष को घर जान पर्छ कि नगरपालिका । " वडा कार्यालयमा नत वडाअध्यक्ष हुन्छन नत कर्मचारी नै हरिबिजोक ।` शिर्षकमा प्रशारण गरिएको समाचारको प्रतिकार गरेका हुन् ।
वडाध्यक्ष सिंहले कामना टेलिभिजन बाट प्रशारित उक्त भिडियोलाई र आफूमाथी लागेका आरोपलाई कमजोर बनाउन आफू निकटका व्यक्तीद्वारा सामाजिक संजालमा कामना टेलिभिजनका पत्रकारले आफ्ना विपक्षीद्वारा तेह्र लाख घुस खाएर समाचार लेख्को समेत आरोप लगाएका छन ।
को हुन् वडाध्यक्ष धिर्क बहादुर ...