कैलालीको खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका चौधरी निर्वाचित
धनगढी- कैलालीको गौरीगङ्गा नगरपालिका- ७ मसुरियामा रहेको खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका सागर चौधरी निर्वाचित भएका छन् ।
आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ८१ मत ल्याएर सभापति पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका राजेश विश्वकर्माले ७६ , नेविसंघ विवेक ओझाले ७२ अनेरास्ववियू प्रेम जोशीले ४६ मत प्राप्त गरेका थिए ।
क्याम्पस स्ववियु सचिवमा अखिल क्रान्तिकारीका नरेश भुल ८९ मत सहित निर्वाचित भएका छन् ।
उनको प्रतिस्पर्धी अनेरास्ववियुका ललिता कुमारी धानुकले ३८ , नेविसंघकी किरण कुमारी चौधरीले ८६ र अनेरास्ववियूका मनोज सापकोटाले ६४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा भने अनेरास्ववियुकी चन्द्रा साउँद निर्वाचित भएकी छन् । उनी ९५ मत ल्याएर निर्वाचित भएकी निर्वाचन समितिले जनाएको छ । उनका प्रतिद्वन्द्वी नेविसंघ...












