महेन्द्रनगरबाट बैतडी हिँडेको बस मध्यराती डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्युु केही घाइते
Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार यात्रुवाहक बस दुर्घटनामा परेको छ । यात्रुबाहक बस डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ७ खस्रेखानमा मंगलबार राती साढे बाह्र बजे सडकबाट करिब तिनसय मिटर तल खसेर दुर्घटनामा परेको हो । पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही घाइते भएका छन् । घाइते हुनेमा बैतडी पुर्चौडी नगरपालिका ७ बस्ने नवराज सआउँद, पुर्चौडी ६ बस्ने राजेन्द्र साउँद, कञ्चनपुर कृष्णपुर नगरपालिका ४ बस्ने दिनेश साउँद, डडेल्धुरा आलिताल गाउँपालिका १ बस्ने मुकुन्द बोहोरा, दार्चुला मार्मा ५ बस्ने बिमला महत, कञ्चनपुर कृष्नपुर नगरपालिका ५ बस्ने धनमति साउँद, पुर्चौडी ८ बस्ने पदम बहादुर बोहरा र बस चालक बिरेन्द्र बोहरा रहेका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।
&nbs...











