दशैँका भावुक दृश्य: एउटा मन छुने अर्को मन नै बिथोलिने
सामाजिक सञ्जालमा कसैले साझा गरेको त्यो भिडियो संभवतः हेर्न सक्नुहुन्न, यदि तपाईंमा करुणा, प्रेम, चेतना र विवेक छ भने ।
दृश्य कस्तो भने, गाउँमा ‘दशैं मेला’ लागेको छ । त्यहाँ गाउँभरका मान्छे ओइरिएका छन् । यस्तो लाग्दैन उनीहरू किनमेल र स्वस्थ मनोरञ्जनका लागि त्यहाँ भेला भएका हुन् । किनभने त्यो भीड एउटा प्राणीमाथि यति निर्मम र उच्छृंखल देखिन्छ, जुन दृश्य हेर्दा मन विचलित हुन्छ । त्यहाँ एउटा राँगोलाई भीडमा छाडिएको छ । त्यो अबोध प्राणी भीडसँग डराएर यताउता भाग्न खोज्छ । तब उपस्थित भीड उसमाथि एकसाथ जाइलाग्छ । डरलाग्दा हतियार, भाला, लट्ठी बोकेर उनीहरू राँगोलाई लखेट्न थाल्छन् ।
राँगो बारीको कान्लाहरूमा दौडन्छ । तर, चारैतिर घेरा हालेका मानिसहरूले उसलाई उम्कन दिंदैनन् । कसैले यताबाट लखेट्छन्, कसैले उताबाट । भाग्दा–भाग्दै थाकेको राँगोलाई कसैले ठूल्ठूला ढुंगाले हिर्काउन थाल्छन्, कसैले लट्ठीले र कस...










