बझाङमा मानवतावादी राजा जयपृथ्वीको नयाँ शालिक उद्घाटन हुँदै
बझाङ —मानवतावादी दर्शनका प्रवर्तक तथा राष्ट्रिय विभूति राजा जयपृथ्वी बहादुर सिंहको जन्मजयन्तीको अवसरमा बझाङ सदरमुकाम चैनपुरमा निर्माण गरिएको नयाँ शालिक भदौ ७ गते भव्य कार्यक्रमका साथ उद्घाटन हुने भएको छ।
वि.सं. १९३४ भदौ ७ गते बझाङको विकट गाउँमा जन्मिएका राजा जयपृथ्वी बहादुर सिंहले नेपाली समाज र विश्वकै लागि मानवतावाद र शान्तिको सन्देश फैलाएका थिए। नेपाली न्याय, निष्पक्षता, स्वतन्त्रता र जनकल्याणमा समर्पित उहाँले आफ्नो राजसी सुविधा त्यागेर मानव कल्याण र शिक्षाको सेवा गरेका थिए।
नेपालमा साम्यवादी रचना अध्ययन गर्ने प्रथम व्यक्ति मानिने जयपृथ्वीले काठमाडौंमा स्थापना गरेको ‘सत्यवादी पाठशाला’ पछि बझाङमा सारेका थिए। त्यसबेला सत्यवादी स्कुल सुदूरपश्चिममै शिक्षा प्राप्त गर्ने प्रमुख केन्द्रको रूपमा चिनिन्थ्यो। उनले गाउँबस्तीमा शिक्षा, कागज उद्योग, घरेलु सिलाइ उद्योग स्थापना गरी आर्थिक आत्मनिर...












