कैलालीमा लागू औषधसहित १० जना पक्राउ
कैलाली जिल्लामा प्रहरीको कर्डन एण्ड स्विप अपरेसनअन्तर्गत लागू औषध कारोबारमा संलग्न १० जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, र विभिन्न स्थानबाट लागू औषधसहित उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले विभिन्न स्थानमा अपरेशन गरी ८ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन र ६९ ग्राम ३४० मिलिग्राम चरेश बरामद गरेको छ।
पक्राउ र बरामद भएका स्थानहरू
1.धनगढी उपमहानगरपालिका-०२, भन्सार नजिक
•खैरो हेरोइन: ६ ग्राम १८० मिलिग्राम
•पक्राउ: मोहन राना (३४), कञ्चनपुर कृष्णपुर नपा-०७
2.धनगढी उपमहानगरपालिका-१०, घुईयाघाट
•खैरो हेरोइन: ८४० मिलिग्राम
•पक्राउ: प्रभुपन राना (२५) र अमन राना (१८), कैलाली धनगढी नपा-०७
3.टीकापुर नगरपालिका-०२, आखाँ अस्पताल नजिक
•खैरो हेरोइन: ८० मिलिग्राम
•पक्राउ: विक्रम ...












