काठमाडौँ —स्पेनी ला लिगामा रियल म्याड्रिडले अपराजित यात्रा शनिबार राति पनि कायम राखेको छ । उसले सान्टियागो बर्नाबाउमा भएको खेलमा भिल्लारियललाई २–० ले हरायो । खेलको दुवै हाफमा एक/एक गोल भए ।
रियलले १४औं मिनेटमा फेडरिको भाल्भारेडको गोलले अग्रता लिएयता ७३ औं मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल थपे । यो जितपछि रियलको नौ खेलबाट २१ अंक भएको छ । शीर्षमा बार्सिलोनाको पनि २१ अंक छ, तर उसले एक खेल कम खेलेको छ
अन्य खेलमा रायो भालेकानोले रियल भालाडोलिडलाई २–१, सेल्टा भिगोले लास पाल्मासलाई १–० र इस्पनयोलले मार्लोकालाई २–१ ले हरायो । गेटाफे र ओसासुनाले १–१ को बराबरी खेले ।

