बझाङ प्रहरीको विद्यालयहरुमा सचेतना फैलाउने अभियान जारी
बझाङ : बझाङ प्रहरीले गाउँ समाज तथा विद्यालयहरुमा सचेतना फैलाउने अभियान जारी राखेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाउँसमाजमा विभिन्न समाजिक अपराध कम गर्न सुरु गरिएको सचेतना कार्यक्रम जारी रहेको हो ।
अपराध कम गर्न बझाङ प्रहरीले जिल्लाका प्रत्येक विद्यालय तथा टोल वस्तीमा खटिएर सचेतना कार्यक्रम गरिरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता दिपेस चौधरीले जानकारी दिए । आत्महत्या न्यूनीकरण, महिलाहिंसा, लागुऔषध दुव्र्यसन, बालविवाह÷बहुविवाह रोकथाम लगाएत जनचेतजनमुलक विषय सम्बन्धि गाउँसमाजमा प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका उनले बताए ।
विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीहरु मार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार बालयौन दुव्र...












