Advertisement

सुदूरपश्चिममा आज अति वर्षाको सम्भावना

Advertisement

सुदूरपश्चिम प्रदेशमा आज (आइतवार) अति भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको हो। 

सुदूरपश्चिममा आइतवार अति भारी वर्षाको सम्भावना रहेकाले नदीमा जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको एक/दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

आइतवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।  देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।

सोमवार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।

सोमवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मंगलवार देशभर आँशिकदेखि  सामान्य बदली रहने छ। केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलवार राति देशभर आँशिकदेखि  सामान्य बदली रहने छ। केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिन...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसं...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सा...
कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

धनगढी-  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजन...
आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

धनगढी- कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेप...
कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय ...
बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

धनगढी- बझाङकाे बुंगल नगरपालिकामा रहेकाे त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघको प्यानलनै विजयी भएको छ । मंगलबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज