Advertisement

Author: कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई, नेपाल चार विकेटले पराजित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई, नेपाल चार विकेटले पराजित

खेलकुद, मुख्य समाचार
यूएईले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै यूएईले उपाधि जितेको छ । जितको लागि एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे ।  यूएईका मोहम्मद वासिमले ४५ रन बनाए । यूएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिएको थियो । पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए । दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिएको थियो । तेस्रो बलमा एक रन दिँदा लगत्तै वाइड फाले । चौथो बलमा आयनले एक रन बटुले । दुई बलमा दुई रन चाहिएको थियो । पाँचौँ बलमा बासिलले छक्का हान्दै रोमाञ्चक जित दिलाए । नेपालका अभिनाश बोहरा र गुल्सन झाले समान २ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ र...
बझाङको एक आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड, परिवार नियोजनका साधन चोरी

बझाङको एक आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड, परिवार नियोजनका साधन चोरी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ – बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड भएको छ। बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ । यसैबीच परिवार नियोजनका साधनहरु चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको बझाङ प्रहरीले जनाएको छ।...
यो वर्षको एउटामात्र चन्द्रग्रहण शनिबार लाग्ने

यो वर्षको एउटामात्र चन्द्रग्रहण शनिबार लाग्ने

बार्षिक, मुख्य समाचार, सुदूरपश्चिम
आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त...
सुदूरपश्चिममा दशैंको अवधिमा ११ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु

सुदूरपश्चिममा दशैंको अवधिमा ११ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : यस वर्षको दशैंको अवधिमा सुदूरपश्चिममा ११ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। असोज २८ देखि कात्तिक ८ गतेसम्म भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। गत वर्षको दशैं भन्दा यस वर्षको दशैंमा बढी सवारी दुर्घटना भएको तथ्यांकले देखाएको छ। यस वर्षको दशैंमा सवारी दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। साथै ट्राफिक प्रहरीले एक हजार ७ सय ५७ जना सवारी चालकलाई कारबाही गरेको छ। सवारी कारबाहीबाट करिब १० लाख राजस्व असुली भएको समेत प्रदेश ट्राफिक प्रहरीले जनाएको छ। गत वर्षको दशैंकको अवधिमा १२ वटा सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेख छ। सो अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले एक हजार ९ सय ७४ सवारी चालक...
विश्वकप क्रिकेटमा श्रीलंकासँग इंग्ल्याण्ड आठ विकेटले पराजित

विश्वकप क्रिकेटमा श्रीलंकासँग इंग्ल्याण्ड आठ विकेटले पराजित

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई आठ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले दिएको १ सय ५७ रनको लक्ष्य श्रीलंकाले २५ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे । श्रीलंकाकाे जितमा ओपनर पाथुम निसांका ८३ बलमा ७ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे । सदिरा समाराविक्रामा ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रनमा नट आउट रहे । सदिरा र निसांकाले १ सय ३७ रनको शतकीय साझेदारी गरे । इंग्ल्याण्डका लागि दुवै विकेट डेविड विलेले लिए । त्यसअघि भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५६ रन मात्र बनाएको थियो । इंग्ल्याण्डका ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो । श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथ...
धनगढीबाट बझाङ जाँदै गरेको बस ठूलो दुर्घटनाबाट जोगियो

धनगढीबाट बझाङ जाँदै गरेको बस ठूलो दुर्घटनाबाट जोगियो

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : धनगढीबाट बझाङ जादै गरेको बस ठूलो दुर्घटनाबाट बचेको छ । ना६ख१९८३ नम्बरको कर्णाली रिभर यतायताको बस बझाङको सुबेडामा ठूलो दुर्घटना हुनबाट बचेको हो । बसको अगाडीको पट्टा भाँचिनगई बस सडकबाट भीरतर्फ मोडिएको थियो । बसका अन्य यन्त्रले सही तरिकाले काम गरेको हुनाले दुर्घटनाबाट बचेको प्रत्यक्षदर्शीले बताएका छन् बसमा सामान्य क्षति पुगेको छ भने यात्रुहरु सकुसल रहेको बताइएको छ ।  सो ठाउमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको छ । केहिबेरमा मेसिन आएपछी गाडी तानेर सडक सुचारु हुने भएको छ ।...
पेट्राेलकाे भाउ लिटरमै ११ रुपैयाँले घट्याे

पेट्राेलकाे भाउ लिटरमै ११ रुपैयाँले घट्याे

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल/ मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ । भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाण्डाै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । दशैँको मुखैमा पेट्रोलियम पदार्थको भाउ घट्दा उपभाेक्तालाई केही भए पनि राहत भएको छ । यसअघि गएको १५ गते निगमले पेट्रोलियम पदार्थकाे भाउ बढाएको थियो तर चौतर्फी आलोचना भएपछि सरकारको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको थियो । भारतबाट भाउ घटबढ भएका आधारमा नेपालमा पनि घटबढ हुनेगरी निगमले स्वचालित मूल्य प्रणाली लागू गरिरहेको छ ।...
बझाङमा भूकम्पले १२ हजार बढी संरचनामा क्षति

बझाङमा भूकम्पले १२ हजार बढी संरचनामा क्षति

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : भूकम्पले बझाङका १२ हजार तीन सय ७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तहबाट प्राप्त विवरण सार्वजनिक गरेको हो। जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार तीन सय ७६ घर तथा भवन छन्। विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ । भूकम्पमा जिल्लाभरि छ वटा चौपाया मरेका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बझाङ पुगेर भूकम्पको क्षति तथा पुनर्निर्माण सम्बन्धमा अध्ययन गरेको थियो । बझाङमा भूकम्पको प्रभाव, क्षति र भावी रणनीतिका सम्बन्धमा जिल्लाका सरोकारवालासँग आयोज...
शुरु भयो बडादशैं,आज घटस्थापना

शुरु भयो बडादशैं,आज घटस्थापना

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी : आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ मनाइने बडादशैं शुरू भएको छ।​  पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।  बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ।  यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताए।  कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ। ​विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधन...
इजरायलबाट २५४ जना नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

इजरायलबाट २५४ जना नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ। उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए। उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दैै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए। इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गए। जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गरेकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्केका छन्।” “कानूनी प्रक...
इजरायलमा रहेका नेपालीलाई आज ल्याइँदै

इजरायलमा रहेका नेपालीलाई आज ल्याइँदै

अन्तर्राष्ट्रिय, मुख्य समाचार
युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको 'एननाइन एलवाइजेट' कलसाइन रहेको वाइडबडी  ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएको छन्।  एयरलाइन्सको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ। त्यहाँ नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले जानकारी दिइन्।   प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो। अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए। युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० ...
बझाङ केन्द्रबिन्दु भएर गएराती पुनः ५.२ रेक्टर स्केलको भुकम्प

बझाङ केन्द्रबिन्दु भएर गएराती पुनः ५.२ रेक्टर स्केलको भुकम्प

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा फेरि पनि भूकम्प गएको छ । गएराती १२ बजेर २२ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको हो । ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । असोज १६ गते बझाङ केन्द्र बनाएर ५.३ र ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङ केन्द्रबिन्दु भएर लगातार भुकम्प गइरहेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज