त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ मा मात्रै स्ववियु निर्वाचन
काठमाण्डौ– त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ । यहीँ चैत ५ गते ३८ वटा क्याम्पसमा र त्यसपछि ४ वटा क्याम्पस गरि जम्मा ४२ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको हो । त्रिभुवन विश्वविद्यालयका २० वटा आंगिक क्याम्पसमा चुनाव हुन बाँकी छ ।
अमृत साइन्स क्याम्पस काठमाण्डौ र पृथ्वीनारायण क्याम्पस पोखरामा हिजो चुनाव भएको छ । अमृत साइन्स क्याम्पमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ भने पोखराको पृथ्वीनारायण क्याम्पसको मतगणना आज हुँदैछ ।
अहिलेसम्म ४२ वटा आंगिक र २५० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्ववियु चुनाव भएको विश्वविद्यालयले जनाएको छ । नेविसंघले १६ आंगिकसहित ११५, अनेरास्ववियुले १३ आंगिकसहित १०३ र अखिल (क्रान्तिकारी) ले १० आंगिकसहित ८५ वटा क्याम्पसमा स्ववियु चुनाव जितेका छन् ।
त्रिभुवन वि...











