Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
गलत भए मलाई जेल हाल: मेयर बालेन

गलत भए मलाई जेल हाल: मेयर बालेन

Breaking News 2, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई गलत जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उनले आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन्। काठमाडौँ महानगरपालिका- २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा केहीबेरअघि लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’ आफूले उठाएका कुरा गलत भए जेल हाल्न भनेका छन्। ‘माथीको कुरा गलत भए मलाइ जेल हाल’ उनले लेखेका छन्।...
डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्रीमती अन्दाजी ६० वर्षीया दुर्का साउँद भालुको आक्रमणबाट घाइते भएका छन् । गाउँ बाट एक घण्टाको दुरीमा रहेको सौडीखेत स्थित खर्क(गोठ) मा सोमबार राति उनीहरूलाई भालुले आक्रमण गरेको वडाध्यक्ष दीपक बहादुर साउँदले जानकारी दिए । घटना स्थलमा अन्य कोही नहुँदा घटनाको बारेमा मंगलबार बिहान मात्र थाहा भएको पारिवारिक स्रोतले जनाएको छ । गाई गोरुको हेरचाह गर्न बिहान छिमेकी गोठवाला सो ठाउँमा गएपछि मात्रै साउद दम्पती घाइते अवस्थामा फेला परेका हुन्। भालुको आक्रमणबाट घाइते दुवै जनाको अनुहार र शरीर भरि घाउ छन् । अहिले उनीहरूलाई उपचारको लागि सिलगढी ल्याइँदै गरेको स्थानीयले जानकारी दिएका छन् ।...
अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

Breaking News 2, अछाम, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडायतको करेन्ट लागेर मृत्यु भएको हो। सोमबार साँझ करिब ६:५० बजे बाख्रा चराई घर फर्कने क्रममा उनलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अछामले जनाएको छ । प्रहरीका अनुसार राष्ट्रिय प्रसारण लाइनको बिजुली पोलमा रहेका तीन तारमध्ये बीचको तार इन्सुलेटरबाट छुटेर पोलको फलामे भागमा छोइँएको र त्यहीँ करेन्ट लाग्दा सुनिताको घटनास्थलमै मृत्यु भएको हो।...
कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ कांग्रेसकै नेताहरुले समेत यसको विरोध गरेका छन् । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषदमै पनि कुलमानलाई हटाउने निर्णयमा असहमति जनाउनुभएको थियो । तर, कांग्रेसबाटै ऊर्जामन्त्री रहेका दीपक खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जोडबलमा घिसिङलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको बुझिएको छ । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । ‘देशमा नागरिकले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरे...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

Breaking News 3, ताजा अपडेट, समाचार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन । सोमबार बिराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय अधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । चुनावबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उहाँले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो । यस्तै उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले  लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको छ ।...
आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौँ - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने ह...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको जनाइएको छ। मन्त्रिपरिषद्को आजको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ।...
कुलमान घिसिङलाई पदबाट हटाइयो

कुलमान घिसिङलाई पदबाट हटाइयो

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौ–सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । कुलमान घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । वर्तमान सरकारका उर्जामन्त्री दिपक खड्कासँग कुलमानको टकराव बढ्दै गएको थियो । पटक–पटक सरकारले कुलमानलाई स्पष्टिकरण समेत सोधेको थियो । कुलमानको पक्षमा नेकपा माओवादी केन्द्र बोल्दै आएको छ ।...
बझाङको केदास्यूँमा कक्षा ८ को परिक्षामा ४६ जना मात्रै पास, ५ सय ८७ जना थिए सहभागी

बझाङको केदास्यूँमा कक्षा ८ को परिक्षामा ४६ जना मात्रै पास, ५ सय ८७ जना थिए सहभागी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिकामा कक्षा ८ मा ४६ जना मात्रै पास ( ग्रेडेड) भएका छन् । पहिलोपटक पालिकाले लिएकाले पालिका स्तरीय कक्षा ८ को परिक्षामा १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागी भएपनि जम्मा ४६ जना मात्रै पास (ग्रेडेड) भएका हुन् । बाँकी ५ सय ४१ जना विद्यार्थी फेला (नन ग्रेडेड ) भएका छन् । गाउँपालिकाले आफैं प्रश्नपत्र तयार गरेर चारवटा परीक्षा केन्द्र निर्धारण गरि फागुन २५ गतेदेखि चैत ५ गतेसम्म परिक्षा सञ्चालन गरेको थियो। उक्त परिक्षामा केदारस्यूँ गाउँपालिका- १ रातापानीमा रहेको बेताल माध्यमिक विद्यालय र वडा नम्बर १ मै रहेको भवानी माध्यमिक विद्यालय डुडिलका सबै विद्यार्थी फेला (नन ग्रेडेड) भएका पालिका शिक्षा शाखाले जनाएको छ । सबैभन्दा राम्रो नतिजा सरस्वती आधारभूत विद्यालय गाजरी, केदारस्युँ–६ ले निकालेको छ। उक्त विद्यालयका कक्षा ८ का १० जना विद्यार्थीमध्ये ४ जना पास (ग...
डोटीमा ३ जनाले पाए घरमै नागरिकता

डोटीमा ३ जनाले पाए घरमै नागरिकता

Breaking News 3, डोटी, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- जिल्ला प्रशासन कार्यालय डोटीले तीन जनालाई घरमै नागरिकता प्रदान गरेको छ । जिल्लाको सायल गाउँपालिका–१ का शारीरिक एवं मानसिक अशक्तता भएका तीन जनालाई आइतबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको हो । नागरिकता पाउनेहरुमा स्थानीय ६८ वर्षीय जयबहादुर रोकाया, ६३ वर्षीय पदम बहादुर रोकाया र २१ वर्षीय प्रेम बहादुर देउवा रहेका छन्। उनीहरुले अशक्तताका कारण नागरिकता प्राप्त गर्न सकेका थिएनन्। शारीरिक र मानसिक रूपमा अशक्त भएका कारण कार्यालयमा आई नागरिकता प्राप्त गर्न नसक्ने अवस्था भएका कारण आइतवार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी नेतृत्वको टोलीले उनीहरुलाई घरमै गएर नागरिकता प्रदान गरेको सायल गाउँपालिका–१ का वडाध्यक्ष लालबहादुर रोकायाले जानकारी दिए। उनले भने, ‘उनीहरुलाई नागरिकता प्रदान गर्न वडाबाट आवश्यक कागजात तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाएपछि प्रमुख जिल्ला अधिकारीज्...
इजराली आक्रमणमा ५० हजार भन्दाबढी प्यालिस्टिनीको मृत्यु

इजराली आक्रमणमा ५० हजार भन्दाबढी प्यालिस्टिनीको मृत्यु

Breaking News 3, अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी- इजरायल–हमास युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी गाजामा ५० हजार भन्दा बढी प्यालिस्टिनीको मृत्यु भएको छ। हमासमा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणबाट ५० हजार २१ प्यालेस्टिनीको मृत्यु भएको हो । यो संख्या युद्ध सुरु हुनुअघिको २३ लाख जनसंख्याको करीब २ दशलमव १ प्रतिशत हो। यस अवधिमा एक लाख १३ हजार २७४ जना घाइते भएका छन्। मारिनेमा कति गैरसैनिक र कति हमास लडाकु थिए भन्ने कुरा भने छुट्याइएको छैन। २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अचानक र अभूतपूर्व रूपमा आक्रमण गरी करीब १२ सयको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएपछि त्यसको प्रतिकारमा इजरायलले गाजामाथि भीषण सैन्य कारबाही थालेको थियो। गाजा युद्ध सुरु भए यता २०२३ को नोभेम्बरमा ७ दिनका लागि र त्यसपछि यसैवर्षको जनवरी १९ देखि गरी दुई पटक अस्थायी युद्धविराम भएका छन्। दुव...
नेपालमा बाघको संख्या बढ्दै, बासस्थानको समस्या

नेपालमा बाघको संख्या बढ्दै, बासस्थानको समस्या

Breaking News 3, ताजा अपडेट, समाचार
चितवन- नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ। निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ। चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए। विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए। उनले भने, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ।” नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थिय...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज