Advertisement

गौशालामा आहाराको अभाव

Advertisement

धनगढी- कैलालीमा गौशाला सुधार हुँदै गएपनि चौपायालाई आहाराको अभाव हुन थालेको छ ।
जिल्लाको टीकापुर नगरपालिका–५ स्थित गौशालास्तर सुधार हुँदै गए पनि चौपायालाई आहाराको अभाव हुन थालेको हो। टीकापुर नगरपालिकाको मातहतमा रहेको गौशाला सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुरले सञ्चालनको जिम्मा लिएपछि गौशाला व्यवस्थित हुँदै गए पनि सो क्षेत्रका चौपायालाई आहारा अभाव कायमै रहेको छ।
जानकी गाउँपालिका र टीकापुर नगरपालिकाभित्रका  सामुदायिक पशु चौपाया गौशालामा छन्। गौशालामा एक हजारभन्दा बढी चौपायालाई व्यवस्थापन गरिएको छ। विगतमा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाले छुट्टाछुट्टै गौशाला सञ्चालन गर्दै आएका थिए। ‘दुई पालिकाको संयुक्त चौपाया व्यवस्थापन गर्दा चौपायाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। समितिसँग पर्याप्त स्रोत नहुँदा आहारा पुर्‍याउन समस्या हुँदै आएको छ’, समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले भने, ‘दाताहरूले गरेको सहयोग र गौशालाको केही आम्दानीले जसोतसो चौपायालाई खुवाउन पुगेको छ।’

उनका अनुसार गौशालालाई विभिन्न व्यक्तिहरुले विशेष अवसरमा सहयोग गर्दै आएका छन्। त्यसैगरी गौशालाले प्रशोधित गौमूत्र, मलखाद, गाइको गोबरबाट बनाइएका पूजाका सामग्रीहरु समितिले आम्दानीको स्रोतमा राखेको छ। त्यहाँबाट थोरै भए पनि गौशालालाई आम्दानी हुन्छ।

संरचनागत रुपमा व्यवस्थित बन्दै गए पनि चौपायाको आहाराको व्यवस्थापनमा चुनौती थपिँदै गएको उनको भनाइ छ। खासगरी पर्याप्त मात्रामा परालको व्यवस्थापन हुन नसक्दा आहारा खोज्दै हिँड्नुपरेको बुढाक्षेत्री बताउछन्। ‘हामीसँग पराल धेरै थियो। एक वर्षलाई पुग्छ भनेको पराल छ महिनामै सकियो’, उनी भन्छन्, ‘अझै समय धेरै छ। पराल कतै पाइँदैन। पाइएको ठाउँमा पनि महँगो छ। खरिद गर्नका लागि समितिसँग पैसा छैन।’ चौपायाको आहारा बोक्नका लागि टीकापुरका उद्योगी टीकाराम जैसीले गौशालालाई एउटा ट्याक्टर सहयोग गरेका छन्।

गौशालाबाट हाल दैनिक २० लिटरसम्म दूध बजार पु¥याउन थालिएको छ। ‘दूध दिने गाईलाई छुट्टै राखेर दूध दुहुन थालेका छौँ। त्यसबाट उत्पादित दूध बजार पु–याउँछौँ’, समितिका अध्यक्ष बुढाक्षेत्रीले भने, ‘अन्य व्याउने गाईलाई छुट्टै राखेर हेरचाह भइरहेको छ। अबको केही महिनामा ४० लिटरसम्म दूध बजार लैजाने योजना छ।’ ब्याएका गाईका लागि सीमित जग्गामा घाँसखेती गरिएको छ। जग्गा अभावले त्यो अपुग छ।

टीकापुर नगरपालिकाले गौशाला व्यवस्थापनका लागि वार्षिक २० लाख रकम सहयोग गर्दै आएको छ भने जानकी गाउँपालिकाले पाँच लाख सहयोग गर्दै आएको छ। सहयोग रकमबाट गौशालाका कामदारलाई व्यवस्थापन गर्न सकिएको बुढाक्षेत्री बताउछन्। हाल गौशालामा १० जना कामदार छन्।
नगरपालिकाले सो क्षेत्रमा करोडौँ खर्च गरेको छ। चौपायाको गोबरबाट बायोग्याँस उत्पादन गर्न ग्यास प्लान्ट निर्माण गरेको छ। जैविक मल उत्पादनका लागि दुई भवन छुट्टै छन्। दूध सङ्कलन केन्द्रको भवन निर्माण भएको छ। दूध बजार पु¥याउन एक इलेक्ट्रोनिक रिक्सा गौशालामा छ। फ्रिजको व्यवस्था गरिएको छ। सिसीटिभी क्यामरा जडान गरिएको छ।
गौशाला व्यवस्थित भएपछि किसानलाई राहत मिलेको छ। हिउँदको समयमा लगाएको अन्नबाली जोगाउन मुस्किल हुने किसानले यस वर्ष सामुदायिक छाडा चौपायाको सास्ती खेप्नुपरेन। ‘विगतमा खेतमा त्रिपाल हालेर रातभर चौपायाको चौकिदारी गर्नुपथ्र्यो’, जानकी गाउँपालिका सुवर्णपुरका किसान सञ्जीव चौधरीले भने, ‘यस वर्ष चौपाया देखिएका छैनन्। पहिलेको जस्तो चौपायाले खेती नष्ट गर्छन् कि भन्ने चिन्ता पनि छैन। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज