अमृताको पेटको बच्चा उल्टो रहेको आशंका, पाँच सय नहुँदा गर्भ परिक्षण रोकियो
धनगढी- कञ्चनपुरमा पैसा नहुँदा एक गर्भवती महिलाको गर्भ परिक्षण रोकिएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका–१० विकास बस्तीकी अमृता चौधरीको पाँच सय रुपैयाँ नहुँदा गर्भ परिक्षण रोकिएको हो ।
अहिले अमृताको पेटमा नौ महिनाको बच्चा छ। स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले भिडिओ एक्सरे गर्न सुझाव दिएका छन्। पेटमा रहेको बच्चा उल्टो रहेको आशंका गर्दै स्वास्थ्यकर्मीले परीक्षणका लागि आग्रह गरेका हुन्।
यता अमृतासँग भने पैसा छन्। उनका श्रीमान दैनिक ज्यालादारीको काम गर्न धनगढी आउछन्। उनले परिवारको पालन पोषण गर्नु छ। आँखाको शल्यक्रिया गर्दा लिएको ऋणको मासिक १३ हजार किस्ता तिर्दै आएका छन् । आर्थिक अभावका कारण अमृताले भिडिओ एक्सरे गर्न पाएकी छैनन्। श्रीमानले धनगढीमा दैनिक ज्यालाबाट कमाएको रकमले उनीहरू चामल, दाल, नुन, तेल लगायतको सामान खरिद गरेर खाने गरेका छन्।
शारीरिक अपाङ्ग रहेकी अमृताको घरमा २ सन्तान...












