Advertisement

ट्रेन्डिङ

पराजयपछि पुनः मैदानमा ऐन महर, आजबाट सुरू गरे प्रचारप्रसार अभियान

पराजयपछि पुनः मैदानमा ऐन महर, आजबाट सुरू गरे प्रचारप्रसार अभियान

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जनता भेटघाट तथा प्रचारप्रसार अभियान सुरु गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महरले छविसपाथिभेरा गाउँपालिका १ बाट अभियानको औपचारिक सुरुआत गरेका हुन्। शनिबार फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले बझाङबाट महरसहित तीन जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका महर पुनः सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन् । अभियानको पहिलो दिन स्थानीयहरू सँगको भेटघाटमा महरले विकास र समृद्धिका मुद्दामा आफु प्रतिबद्ध रहेको बताए। उनले भने, ´बझाङको समग्र विकासका योजनालाई पूर्णता दिनु मेरो प्राथमिकता हो । तपाइहरू को विश्वास र साथ पाए परिवर्तन सम्भव छ भन्नेमा म विश्वस्त छु ।` उनले जनताको सुझाव र गुनासोलाई आत्मसात गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमसहित गाउँ–गाउँ पुग्ने ब...
ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं : भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्टेटमेन्ट लिएको छ । बयानका लागि पत्र बुझाउन गुण्डु पुगेको आयोगको टोली ओलीको लिखित स्टेटमेन्ट लिएर फर्किएको हो । ओलीले जाँचबुझ आयोगको प्रश्नमा लिखित जवाफ दिनुभएको आयोग स्रोतले पुष्टि गरेको हो । सहसचिव नेतृत्वको आयोगको टोली पत्र र प्रश्नसहित आइतबार दिउँसो ओली निवास गुण्डु पुगेको हो । गत असोज ५ गते गठित आयोगले असोज ८ गतेबाट काम थालेको थियो । एमाले अध्यक्ष ओलीले पटक-पटक आयोगलाई नमान्ने र बयान नदिने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । आयोगले पनि ओली बयान दिन नआए सरकारको सहयोगमा बयानमा बोलाउने दाबी गरिरहेको थियो तर, आइतबार आयोगको टोली सुटुक्क ओली निवास पुगेर बयानको औपचारिकता पूरा गरेको हो । आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित फिल्डमा खटिएका...
एउटै पार्टी, फरक स्वार्थ: जयपृथ्वी–७ मा वडाध्यक्ष–वडा सदस्यको टकरावले तालाबन्दी

एउटै पार्टी, फरक स्वार्थ: जयपृथ्वी–७ मा वडाध्यक्ष–वडा सदस्यको टकरावले तालाबन्दी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–७ नम्बर वडा कार्यालयमा लगाइएको तालाबन्दी आज पनि खोलिएको छैन । कार्यालय सहयोगी नियुक्तिको विषयलाई लिएर उत्पन्न विवाद समाधान नहुँदा वडा कार्यालयका सम्पूर्ण सेवा प्रभावित बनेका छन् । यो विवाद माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष शिवराज जोशी र तत्कालीन नेकपा समाजवादीबाट निर्वाचित वडा सदस्य दीपक रोकाया बीच सुरु भएको हो। रोचक पक्ष के छ भने, पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा यी दुवै जनप्रतिनिधि हाल एउटै दलमा आवद्ध छन् । पार्टी एउटै भए पनि स्वार्थ फरक भएपछि विवाद चुलिएको स्थानीयको बुझाइ छ । स्थानीयका अनुसार वडा अध्यक्ष जोशीले आफ्नो नजिकको व्यक्तिलाई कार्यालय सहयोगीमा नियुक्त गर्न खोजेपछि वडा सदस्य रोकायाले पनि आफ्ना मान्छे राख्न दबाब दिए । दु...
बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको सदरमुकाम चैनपुरमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम सोमबारदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा सुरु भएको तालिमको उद्घाटन जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख बजालले विज्ञान पत्रकारिता समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । तालिममा जिल्लामा क्रियाशील अग्रज पत्रकारसहित करिब ३० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार अरुण कार्की र वैज्ञानिक डा. प्रयत्न पोख्रेललगायतले प्रशिक्षण दिइरहेका छन् । विकसित विज्ञान र प्रविधिको युगमा विज्ञान पत्रकारिताको महत्व बढ्दै गएको बताउँदै नास्टका मुख्य वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले वैज्ञानिक अनुसन्धान र उपलब्धिलाई सर्वसाधारणसम्म पु¥याउन पत्...
नेपाल वेस्टर्न एकेडेमी धनगढी बिएचएमका विद्यार्थीलाई जापानमा एक वर्षे तलबसहित इन्टर्नसिप अवसर

नेपाल वेस्टर्न एकेडेमी धनगढी बिएचएमका विद्यार्थीलाई जापानमा एक वर्षे तलबसहित इन्टर्नसिप अवसर

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
कैलाली : धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमी (NWA) मा अध्ययनरत बिएचएम कार्यक्रमका विद्यार्थीहरूले जापानको राजधानी टोकियोमा एक वर्षे तलबसहितको इन्टर्नसिप अवसर प्राप्त गरेका छन् । इन्टर्नसिप सहित खाना र बसोबासको सुविधा संगै विद्यार्थीहरूले मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने गरी इन्टर्नसिपमा सहभागी हुन पाएका छन । कलेज प्रशासनका अनुसार, विद्यार्थीहरूलाई विश्वस्तरीय होटल तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा प्रत्यक्ष कार्यअनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । यस अवसरले विद्यार्थीहरूको व्यावसायिक सीप, कार्यअनुशासन र अन्तर्राष्ट्रिय कार्यसंस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने अपेक्षा गरिएको छ । नेपाल वेस्टर्न एकेडेमीका प्रबन्धक शैलेस सिंह ले यो उपलब्धिलाई कलेजका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् । उनले भने “बिएचएम ...
बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम निकै बढाएको छ । यसैबीच नेपाली काँग्रेस बझाङले लामो छलफल, परामर्श र सर्वसम्मत सहमतिबाट तय गरेको उम्मेदवार सिफारिससूची केन्द्रमा पठाइसकेको छ । विभिन्न पुस्ताका नेताहरूलाई समेटिएको उक्त सूचीमा अनुभवी, निरन्तर जनतामा समर्पित, स्वच्छ र विश्वासिलो छविका नेता सत्यराज भण्डारी विशेषरूपमा अगाडि देखिएका छन् । नेपाली काँग्रेस बझाङको राजनीतिक इतिहासमा सत्यराज भण्डारीको नाम अलगै पहिचानका साथ उच्चारण गरिन्छ । करिब पाँच दशकभन्दा बढी समय पार्टीलाई समर्पण गरेका भण्डारी तीन तीन पटक बझाङ जिल्ला सभापति भएर नेतृत्वको पहिचान स्थापित गरिसकेका छन् । २०४९, २०५६ र २०६२ सालको त्यो नेतृत्वकालमा उनले जिल्लाभर काँग्रेसको संगठनलाई मजबुत बनाउनुका साथै स्थानीय तहसम्म जनसञ्जालमा विस्तार ल्याएका थि...
बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बझाङमा विवाद भएको छ । सर्वसम्मत छनोट गर्न नसकेपछि महाधिवेशन प्रतिनिधि भन्दै दुई पक्षले दुई थरी सूची प्रकाशित गरेका छन् । एमालेको एउटा गुटले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेशसभा सदस्य दमन भण्डारी लगायत ११ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरेको सूचना प्रकाशन गरेलगतै अर्को गुटले थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, केदारस्यूँ गाउँपालिकाकी पूर्व उपाध्यक्ष निशा धामीसहितको सूची सार्वजनिक गरेको हो । एमालेको लेटरहेडमा प्रकाशित पहिलो सूचीमा प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको दस्तखत छ भने अर्कोमा पनि लेटरहेडबिनै उनकै दस्तखत गरिएको छ । दोस्रो सूचीमा रहेकाहरुको नामावली राख्दै एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा र आशा विकको समेत हस्ताक्षरमा छुट्टै सूच...
भारतमा नेपाली नागरिकता र पासपोर्टले बैंक खाता खोल्न सकिने

भारतमा नेपाली नागरिकता र पासपोर्टले बैंक खाता खोल्न सकिने

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारतमा बसेर काम, पढाइ र व्यापार गर्दै आएका नेपालीहरूको लागि ठूलो खुशीको खबर आएको छ। अब <नेपाली नागरिकता वा नेपाली पासपोर्ट मात्र लिएर Indian Bank मा बैंक खाता खोल्न मिल्ने भएको छ। यो सुविधाले भारतमा रहेका नेपालीहरूलाई पैसाको लेनदेन, बैंकिङ सेवा, रोजगारी प्रक्रिया र दैनिक वित्तीय कार्यहरू निकै सहज बनाउने अपेक्षा गरिएको छ। यस पहलमा सहयोग गरेकोमा Indian Bank र भारतीयस्थित नेपाली दूतावासलाई नेपाली समुदायले विशेष धन्यवाद व्यक्त गरेका छन्। नेपाल–भारतबीचको आपसी सम्बन्ध अझ सुदृढ बनाउने यो एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।...
सहिद बोहराकी आमा भन्छिन्– सन्चो बिसन्चो सोध्न पनि कोही आएनन्

सहिद बोहराकी आमा भन्छिन्– सन्चो बिसन्चो सोध्न पनि कोही आएनन्

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । गत भदौ २३ गते साँझ बझाङ खप्तड छान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त थिइन् । साँझपख बझाङका आफन्तले खबर पुर्‍याए, ‘तिम्रो छोरा अब यस संसारमा रहेन ।’ सन्तानलाई राम्रो शिक्षादीक्षा दिन सकूँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आएकी उनलाई संसार सकिएजस्तो भयो । मुटु फुट्ला जस्तो भयो, श्वास कसैले चुँडेर लगेजस्तै भयो । बोहराका जेठो छोरा सुभासको सोही दिन दिउँसो जेनजी आन्दोलनका क्रममा काठमाडौँमा गोली प्रहारबाट मृत्यु भएको थियो । जीवनको भरोसाका रुपमा रहेको छोरालाई गुमाउनुपर्दाको पीडा कैलीदेवीको मनले थाम्नसक्ने अवस्था रहेन । ‘अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिएँ, छोराको मृत्युको खबर आयो’, कैलीदेवीले सुनाइन् । कैलीदेवी करिब १० महिनाअघि मजदुरी...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्ण अवस्थासँगै अस्तित्व संकटमा परेको छ। विक्रम सम्बत २०१६ (सन् १९५९) मा महाशिवरात्रिको अवसरमा श्रीमती रानी जगदम्बा कुमारी देवीले नेपाली तीर्थयात्रीहरूको सुविधा र विश्रामका लागि धर्मशालाको स्थापना गर्नुभएको थियो। स्थापना कालदेखि नै यस धर्मशालाले रामेश्वरम आउने हजारौँ नेपाली भक्तजनलाई सस्तो र सहज आवास सुविधा प्रदान गर्दै आएको थियो। तर हालका वर्षहरूमा यसको भौतिक संरचना कमजोर, सरसफाइ अवस्था बिग्रिँदै गएको, र संरक्षणको अभावका कारण धर्मशालाको अवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। यस ऐतिहासिक सम्पदाको जिर्णोद्वार र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग पटक–पटक औपचारिक ध्यानाकर्षण गराइएको भए पनि अहिलेसम्म कुनै सन्तोषजनक प्रगति भएको छैन। समाजसेवी करन विष्टका अन...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो। नवगठित समितिमा उपाध्यक्षमा दसिराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सह–सचिवमा ज्योति बोहरा, तथा कोषाध्यक्षमा कालुराम चौधरी रहेका छन्। त्यस्तै सदस्यमा स्वरूप चौधरी र रोशन रसाइली रहेका छन्। भेलामा सहभागी सञ्चारकर्मीहरूले समूहले स्थानीय तहमा सञ्चारकर्मीबीच आपसी सहकार्य, पेशागत अधिकार संरक्षण र सूचना प्रवाहको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। भेलामा घोडाघोडी क्षेत्रमा क्रियाशील विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।...
बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
न्यून गुणस्तरको मदिराका कारण जिल्लाको शान्ति सुरक्षा मात्रै नभई जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय भएको थियो । निर्णय कार्यान्वयनका क्रममा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न बजारबाट प्लास्टिकका बोतल र थैलीमा प्याकिङ भएको र अवैध घरेलु मदिरा जफत गर्न थाल्यो । तर जिल्ला समन्वय समिति बझाङका प्रमुखको अध्यक्षतामा बझाङका १२ वटै पालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ समेतको उपस्थितिमा गरेको यो निर्णयको कार्यान्वयन सुरु भएको एक महिना नपुग्दै अदालतले रोकिदियो । असार १६ गते बझाङका एक व्यापारीले उक्त निर्णयविरुद्ध दिएको रिटमा असार १७ गते नै उच्च अदालत दिपायलले उत्प्रेषणयुक्त परमादेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो । न्यायाधीशद्वय दण्डपाणि शर्मा र अस्मिनकु...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज