Advertisement

नेपाल वेस्टर्न एकेडेमी धनगढी बिएचएमका विद्यार्थीलाई जापानमा एक वर्षे तलबसहित इन्टर्नसिप अवसर

Advertisement

कैलाली : धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमी (NWA) मा अध्ययनरत बिएचएम कार्यक्रमका विद्यार्थीहरूले जापानको राजधानी टोकियोमा एक वर्षे तलबसहितको इन्टर्नसिप अवसर प्राप्त गरेका छन् । इन्टर्नसिप सहित खाना र बसोबासको सुविधा संगै विद्यार्थीहरूले मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने गरी इन्टर्नसिपमा सहभागी हुन पाएका छन ।

कलेज प्रशासनका अनुसार, विद्यार्थीहरूलाई विश्वस्तरीय होटल तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा प्रत्यक्ष कार्यअनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । यस अवसरले विद्यार्थीहरूको व्यावसायिक सीप, कार्यअनुशासन र अन्तर्राष्ट्रिय कार्यसंस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने अपेक्षा गरिएको छ ।

नेपाल वेस्टर्न एकेडेमीका प्रबन्धक शैलेस सिंह ले यो उपलब्धिलाई कलेजका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् । उनले भने “बिएचएम कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले प्राप्त गरेको यो अवसर उनीहरूको मेहनत, अनुशासन र कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाको परिणाम हो । जापान जस्तो विकसित देशमा तलबसहित इन्टर्नसिप पाउनु ठूलो अवसर हो, जसले विद्यार्थीको करियरलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन सहयोग गर्छ।”

उनका अनुसार, नेपाल वेस्टर्न एकेडेमी सम्भवतः सुदूरपश्चिम प्रदेशकै पहिलो क्याम्पस हो, जहाँबाट बिएचएमका विद्यार्थीहरूलाई यसरी तलबसहित जापान पठाउन सफल भएको छ । यसले प्रदेशका अन्य विद्यार्थीहरूलाई पनि स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गरी अन्तर्राष्ट्रिय अवसरसम्म पुग्न सकिने सन्देश दिएको उनले बताए ।

इन्टर्नसिप अवधिभर विद्यार्थीहरूले होटल तथा आतिथ्य व्यवस्थापनसम्बन्धी विभिन्न विभागमा काम गर्दै व्यावहारिक ज्ञान हासिल गर्नेछन् । यसबाट उनीहरूको भविष्यमा अन्तर्राष्ट्रिय रोजगारी र उच्च अध्ययनका अवसरहरू समेत खुल्ने विश्वास कलेज प्रशासनको छ ।

कलेज प्रशासनले आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने र विद्यार्थीहरूलाई अध्ययनसँगै कामको अवसर दिलाउने कार्यक्रम विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज