Advertisement

एउटै पार्टी, फरक स्वार्थ: जयपृथ्वी–७ मा वडाध्यक्ष–वडा सदस्यको टकरावले तालाबन्दी

Advertisement

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–७ नम्बर वडा कार्यालयमा लगाइएको तालाबन्दी आज पनि खोलिएको छैन । कार्यालय सहयोगी नियुक्तिको विषयलाई लिएर उत्पन्न विवाद समाधान नहुँदा वडा कार्यालयका सम्पूर्ण सेवा प्रभावित बनेका छन् ।

यो विवाद माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष शिवराज जोशी र तत्कालीन नेकपा समाजवादीबाट निर्वाचित वडा सदस्य दीपक रोकाया बीच सुरु भएको हो। रोचक पक्ष के छ भने, पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा यी दुवै जनप्रतिनिधि हाल एउटै दलमा आवद्ध छन् । पार्टी एउटै भए पनि स्वार्थ फरक भएपछि विवाद चुलिएको स्थानीयको बुझाइ छ ।

स्थानीयका अनुसार वडा अध्यक्ष जोशीले आफ्नो नजिकको व्यक्तिलाई कार्यालय सहयोगीमा नियुक्त गर्न खोजेपछि वडा सदस्य रोकायाले पनि आफ्ना मान्छे राख्न दबाब दिए । दुवै पक्ष आफ्नो मान्छे नियुक्त गराउन अडानमा उत्रिएपछि विवाद भएको हो । यही व्यक्तिगत स्वार्थको टकरावले वडा कार्यालयमा तालाबन्दी भएको र अहिलेसम्म ताला नखुल्नुको मुख्य कारण बनेको स्थानीयको आरोप छ ।

तालाबन्दीका कारण सिफारिस, दर्ता, प्रमाणिकरणलगायत अत्यावश्यक सेवा पूर्ण रूपमा ठप्प भएका छन्। वडा कार्यालय बन्द हुँदा सामान्य नागरिकसमेत सेवा लिनबाट वञ्चित भएका छन्। “दुई जनप्रतिनिधिको व्यक्तिगत स्वार्थका कारण सिङ्गो वडावासीले दुःख पाउनुपरेको छ,” एक स्थानीयले आक्रोश व्यक्त गरे ।

वडा सदस्य दीपक रोकायाले वडा अध्यक्ष शिवराज जोशीले मनोमानी ढंगले निर्णय गर्दै आएको आरोप लगाउँदै आएका छन् । यता वडा अध्यक्ष जोशी भने आफूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर निर्णय गरेको दाबी गर्दै आएका छन् ।

जनप्रतिनिधिहरूको आपसी द्वन्द्व र व्यक्तिगत स्वार्थका कारण सरकारी कार्यालयमा तालाबन्दी हुनु र जनसेवा अवरुद्ध हुनु गम्भीर विषय भएको स्थानीय बुद्धिजीवीहरूको टिप्पणी छ । विवाद समाधानका लागि नगरपालिकाको पहल नहुँदासम्म वडा कार्यालय खुल्ने छाँट नदेखिएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज