Advertisement

बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

Advertisement

बझाङ : बझाङको सदरमुकाम चैनपुरमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम सोमबारदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा सुरु भएको तालिमको उद्घाटन जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले गरेका थिए ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख बजालले विज्ञान पत्रकारिता समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । तालिममा जिल्लामा क्रियाशील अग्रज पत्रकारसहित करिब ३० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार अरुण कार्की र वैज्ञानिक डा. प्रयत्न पोख्रेललगायतले प्रशिक्षण दिइरहेका छन् ।

विकसित विज्ञान र प्रविधिको युगमा विज्ञान पत्रकारिताको महत्व बढ्दै गएको बताउँदै नास्टका मुख्य वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले वैज्ञानिक अनुसन्धान र उपलब्धिलाई सर्वसाधारणसम्म पु¥याउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए । नास्टले जैविक स्रोत, पर्यावरण, भौतिक तथा प्राकृतिक विज्ञान, सौर्य, जैविक तथा वायु ऊर्जा लगायत क्षेत्रमा अनुसन्धान गर्दै आएको उनको भनाइ छ ।

उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य चन्दा जोशी, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डिवी विष्टलगायतले मन्तव्य राख्दै पत्रकारहरुले गुणस्तरीय र जिम्मेवार भएर विज्ञान समाचार लेखनमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज