Advertisement

बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

Advertisement

न्यून गुणस्तरको मदिराका कारण जिल्लाको शान्ति सुरक्षा मात्रै नभई जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय भएको थियो । निर्णय कार्यान्वयनका क्रममा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न बजारबाट प्लास्टिकका बोतल र थैलीमा प्याकिङ भएको र अवैध घरेलु मदिरा जफत गर्न थाल्यो । तर जिल्ला समन्वय समिति बझाङका प्रमुखको अध्यक्षतामा बझाङका १२ वटै पालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ समेतको उपस्थितिमा गरेको यो निर्णयको कार्यान्वयन सुरु भएको एक महिना नपुग्दै अदालतले रोकिदियो ।

असार १६ गते बझाङका एक व्यापारीले उक्त निर्णयविरुद्ध दिएको रिटमा असार १७ गते नै उच्च अदालत दिपायलले उत्प्रेषणयुक्त परमादेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो । न्यायाधीशद्वय दण्डपाणि शर्मा र अस्मिनकुमार राईको संयुक्त इजलासको उक्त आदेश दिएपछि न्यून गुणस्तरको मदिरा प्रतिबन्ध गर्ने सर्वदलीय, सर्वपक्षीय निर्णय कार्यान्वयन हुनबाट रोकियो ।

सेवनकर्तालाई छिट्टै उत्तेजित बनाउने खालको उक्त मदिरा फेरि गाउँगाउँसम्म पुग्न थाल्यो । न्यून आय भएका तर मदिराको लतमा फसेका सेवनकर्ताले दैनिक रुपमा खाने यस्तो मदिराले एकातिर स्वास्थ्यमा असर परिरहेको र अर्कोतर्फ घरेलु हिंसा र जघन्य अपराधमा समेत वृद्धि भइरहेको अवस्थामा पालिकाहरु नै अग्रसर भएपछि अहिले भने न्यून गुणस्तरको मदिरा बिक्री बन्द भएको छ ।

बझाङका वित्थडचिर, थलारा, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले कानुन नै बनाएपछि बझाङ भित्रिने न्यून गुणस्तरको मदिरा बन्द भएको हो ।

गत भदौ ८ र ९ को जिल्लासभाले निर्णय नै गरेर जिल्लाका सम्पूर्ण पालिकालाई कानुन बनाएर जनस्वास्थ्यमा हानि पुर्‍याउने खालको मदिरा नियन्त्रण गर्न निर्देशन दिएको थियो । पालिकालाई कानुन बनाउने काममा जिल्ला प्रशासन कार्यालयलगायत निकायले समेत सहयोग र समन्वय गरेका थिए । ‘बझाङ आएपछि यहाँको शान्ति सुरक्षा र सार्वजनिक सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विभिन्न क्षेत्रका स्थानीयसँग छलफल गर्‍यौं,’ प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले भने, ‘सबै ठाउँबाट न्यून गुणस्तरको मदिरा नै हिंसा, अपराध, सामाजिक विकृतिको जड भएको कुरा आयो । यसलाई बन्द गर्न कोसिस गर्दा अदालतले रोकिदियो ।’

अहिले स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिकाहरुले कानुन नै बनाएर कार्यान्वयन गरेपछि प्लास्टिक प्याकमा आउने मदिरा पूर्ण रुपमा बन्द भएको उनको भनाइ छ । ‘कानुन तर्जुमा गर्ने क्रममा हामीले पनि केही पालिकालाई प्राविधिक सहयोग र समन्वय गरेका थियौं । अहिले कार्यान्वयनमा सहयोग गरिरहेका छौं,’ उनले भने ।

प्लास्टिक प्याकमा बिक्री हुने मदिरा सस्तो मूल्यमा उपलब्ध हुने भएकाले धेरैले सेवन गर्ने गरेको र त्यसकै कारण कतिपयले अल्पायुमै ज्यानसमेत गुमाउनुपरेको बित्थडचिर गाउँपालिकाका वडाध्यक्ष हरिश खड्का बताउँछन् । ‘सबैभन्दा पहिला मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका बनाई लागू गरियो,’ उनले भने, ‘यही मदिराका कारण घरघरमा झगडा हुने, गाउँमा समेत विभिन्न अपराध बढेका थिए । अहिले त्यस्ता घटनामा धेरै कमी आएको छ ।’ वडा कार्यालयमा आउने झैझगडाका घटना पनि पहिलाभन्दा धेरै घटेको उनले बताए ।

अपराध र हिंसाको जड

सस्तो र गुणस्तरहीन मदिरा सजिलै उपलब्ध हुने भएकाले गाउँगाउँमा बालबालिका, युवा र वृद्धसमेत यसको लतमा फसेका छन् । मदिराकै कारण जिल्लामा विभिन्न अपराधको संख्या पनि बढिरहेको प्रहरीको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्ष श्रीमान्‌ले मदिरा सेवन गरी कुटपिट गर्दा एक जना महिलाको ज्यान गएको थियो । त्यही वर्ष १३ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयको रेकर्ड छ । महिलामाथि हुने विभिन्न हिंसाका ७८ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए । तीमध्ये अधिकांश घटनाका पछाडि रक्सी नै कारण हुने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याकंअनुसार विगत तीन वर्षमा बझाङमा ३९ वटा बलात्कारका घटना भएका छन् भने १९ वटा बलात्कार प्रयासका घटना दर्ता भएका छन । ४३ जना महिलाले झुन्डिएर आत्महत्या गरेको र तीन जनाले विष सेवन गरेर आत्महत्या गरेका छन । यही अवधिमा कुटपिट गरेको, शारीरिक तथा मानसिक यातना दिएको जस्ता ४ सय ५८ वटा घरेलु तथा महिला हिंसासम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् ।

‘घरेलु हिंसा र महिला हिंसाका जति पनि केस आउँछन्, त्यसमा कतै न कतै रक्सी जोडिएकै हुन्छ,’ जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका इकाइकी एक कर्मचारी कपुर खत्री भन्छिन्, ‘मदिरा मात्रै नहुने हो भने यस्ता घटना धेरै नै कम हुन्छन् जस्तो लाग्छ ।’ दैनिकजसो पुरुषले मदिरा सेवन गरेर कुटपिट र हिंसा भएको उजुरी लिएर महिला आउने गरेको उनले बताइन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज