Advertisement

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

Advertisement

बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम निकै बढाएको छ । यसैबीच नेपाली काँग्रेस बझाङले लामो छलफल, परामर्श र सर्वसम्मत सहमतिबाट तय गरेको उम्मेदवार सिफारिससूची केन्द्रमा पठाइसकेको छ । विभिन्न पुस्ताका नेताहरूलाई समेटिएको उक्त सूचीमा अनुभवी, निरन्तर जनतामा समर्पित, स्वच्छ र विश्वासिलो छविका नेता सत्यराज भण्डारी विशेषरूपमा अगाडि देखिएका छन् ।

नेपाली काँग्रेस बझाङको राजनीतिक इतिहासमा सत्यराज भण्डारीको नाम अलगै पहिचानका साथ उच्चारण गरिन्छ । करिब पाँच दशकभन्दा बढी समय पार्टीलाई समर्पण गरेका भण्डारी तीन तीन पटक बझाङ जिल्ला सभापति भएर नेतृत्वको पहिचान स्थापित गरिसकेका छन् । २०४९, २०५६ र २०६२ सालको त्यो नेतृत्वकालमा उनले जिल्लाभर काँग्रेसको संगठनलाई मजबुत बनाउनुका साथै स्थानीय तहसम्म जनसञ्जालमा विस्तार ल्याएका थिए । राजनीतिक अस्थिरता, संघर्ष र संक्रमणकालका कठिन समयमा पनि भण्डारीले संयमता, स्वच्छ चरित्र र दृढताको साथ पार्टीलाई अघि बढाएका थिए, जसले गर्दा आजसम्म पनि काँग्रेसभित्र उनको नाम ‘स्वच्छ, अनुशासनबद्ध र नैतिक’ नेताको रूपमा विशेष सम्मानका साथ लिइन्छ ।

भण्डारीको राजनीतिक यात्रामा एउटा यस्तो विशेष पक्ष छ, जसले उहाँलाई थप विशिष्ट बनाइदिन्छ ।अहिलेसम्म उहाँको राजनीतिक जीवनमा कुनै विवाद, दाग वा अनुशासनहीनता जोडिएको छैन । लामो समयको जनसम्पर्क, जनतासँगको नजिकपन र नेतृत्वको परिपक्वताले उनलाई बझाङकै होइन, सुदूरपश्चिमकै आदर्श नेतामध्ये एक बनाएको छ। यद्यपि यो सबै योगदानका बाबजुद पनि भण्डारीलाई अहिलेसम्म उच्च राज्यसत्ता वा जनप्रतिनिधित्वको औपचारिक जिम्मेवारी पाउने समय मिल्न सकेको थिएन । तर यसपटक स्थानीयदेखि केन्द्रसम्म काँग्रेस नेताहरू र कार्यकर्ताहरूले उनलाई सशक्त विकल्प, स्वच्छ छवि र जनभावनामा आधारित उमेदवारका रूपमा अघि बढाएर प्रस्तुत गरेको देखिन्छ ।

राजनीतिमा मात्र होइन, सामाजिक सेवामा पनि सत्यराज भण्डारीको योगदान समान रूपमा प्रशंसनीय छ । २०४५ सालमा नेपाल रेडक्रस सोसाइटी बझाङका जिल्ला सभापति बनेका भण्डारीले त्यसबेलादेखि नै मानवीय क्षेत्रप्रति आफ्नो प्रतिबद्धता देखाएका थिए । पछि उनी रेडक्रसका केन्द्रिय सदस्यसमेत बनेर राष्ट्रिय तहमा सामाजिक परिचय स्थापना गर्न सफल भए । विपदमा, समुदायमा स्वास्थ्य सेवा विस्तार, मानवीय सहयोग, कोभिडको बेला र संकट व्यवस्थापनका क्षेत्रमा उनले देखाएको सक्रियता बझाङका हजारौं नागरिकले आज पनि सम्झन्छन् ।

शिक्षण पेशासँग सुरु भएको उनको सार्वजनिक जीवन पनि उल्लेखनीय छ । वि.स २०३४ साल देखि २०४४ सालसम्म लगभग एक दशकसम्म उनी जयपृथ्वी बहुमुखी क्याम्पसका संस्थापक सदस्य सचिव रहे । स्थापना र विकासका जटिल चरणमै उनले क्याम्पसलाई स्थिर संरचना, शैक्षिक वातावरण र प्रगतिशील दृष्टिकोण दिन महत्वपूर्ण भूमिका खेले । त्यसै समयदेखि उनी जिल्लाको शैक्षिक विकास, युवाको मार्गदर्शन र ज्ञानको पहुँच वृद्धि जस्ता क्षेत्रमा सक्रिय हुँदै आएका थिए । यही पृष्ठभूमिले उनलाई बझाङको भूगोल, समाज, संस्कार, समस्या र जनअपेक्षासँग अत्यन्त निकट बनाएको छ ।

यसै बीच नेपाली कांग्रेस बझाङले यसपटक सिफारिस सूचीमा अनुभवी नेतादेखि सुरूङ्ग फूट्दै आएका नयाँ पुस्ताका नेतृत्वसम्म समावेश गरेको छ । स्थानीय पार्टी संरचनाले जनताकै भावना, कार्यकर्ताहरूको मनोबल र आगामी निर्वाचनमा प्रभावकारी नेतृत्व कसले दिन सक्छ भन्ने आधारमा नामहरू अघि सारे । तर यी सबै नाममध्येको विशेष चर्चा भने सत्यराज भण्डारीकै देखिन्छ । उहाँको दीर्घ अनुभव, स्वच्छ चरित्र, संगठनात्मक क्षमता र जनविश्वासले गर्दा बझाङका स्थानीय बासिन्दाहरू पनि भण्डारीलाई सदाचारिक, सत्यनिष्ठ र जनमुखी नेतृत्वका रूपमा चिनिन्छन् । राजनीतिक यात्राभरि उनले कुनै पद, लाभ वा व्यक्तिगत स्वार्थभन्दा पनि संगठन, विचार र जनताको पक्षमा निरन्तर काम गरेको छ । त्यसैले काँग्रेसभित्र उनको नाम सिफारिस सूचीमा मात्र होइन, व्यापक जनचासो र समर्थनको केन्द्रमा पनि रहेको देखिन्छ ।

आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेस बझाङको सिफारिसले जिल्लाको राजनीतिमा नयाँ हलचल ल्याएको छ। पार्टीले सुझाएको नामलाई केन्द्रले कसरी मूल्याङ्कन गर्नेछ र अन्ततः प्रतिनिधि सभा उपनिर्वाचन तथा राष्ट्रिय सभा निर्वाचनमा कसलाई जिम्मेवारी दिनेछ भन्ने प्रतीक्षा अब स्थानीय कार्यकर्ता र जनतामा बढेको छ ।

नेपाली कांग्रेस बझाङले सिफारिस गरेका नामहरु

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज