Advertisement

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

Advertisement

बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम निकै बढाएको छ । यसैबीच नेपाली काँग्रेस बझाङले लामो छलफल, परामर्श र सर्वसम्मत सहमतिबाट तय गरेको उम्मेदवार सिफारिससूची केन्द्रमा पठाइसकेको छ । विभिन्न पुस्ताका नेताहरूलाई समेटिएको उक्त सूचीमा अनुभवी, निरन्तर जनतामा समर्पित, स्वच्छ र विश्वासिलो छविका नेता सत्यराज भण्डारी विशेषरूपमा अगाडि देखिएका छन् ।

नेपाली काँग्रेस बझाङको राजनीतिक इतिहासमा सत्यराज भण्डारीको नाम अलगै पहिचानका साथ उच्चारण गरिन्छ । करिब पाँच दशकभन्दा बढी समय पार्टीलाई समर्पण गरेका भण्डारी तीन तीन पटक बझाङ जिल्ला सभापति भएर नेतृत्वको पहिचान स्थापित गरिसकेका छन् । २०४९, २०५६ र २०६२ सालको त्यो नेतृत्वकालमा उनले जिल्लाभर काँग्रेसको संगठनलाई मजबुत बनाउनुका साथै स्थानीय तहसम्म जनसञ्जालमा विस्तार ल्याएका थिए । राजनीतिक अस्थिरता, संघर्ष र संक्रमणकालका कठिन समयमा पनि भण्डारीले संयमता, स्वच्छ चरित्र र दृढताको साथ पार्टीलाई अघि बढाएका थिए, जसले गर्दा आजसम्म पनि काँग्रेसभित्र उनको नाम ‘स्वच्छ, अनुशासनबद्ध र नैतिक’ नेताको रूपमा विशेष सम्मानका साथ लिइन्छ ।

भण्डारीको राजनीतिक यात्रामा एउटा यस्तो विशेष पक्ष छ, जसले उहाँलाई थप विशिष्ट बनाइदिन्छ ।अहिलेसम्म उहाँको राजनीतिक जीवनमा कुनै विवाद, दाग वा अनुशासनहीनता जोडिएको छैन । लामो समयको जनसम्पर्क, जनतासँगको नजिकपन र नेतृत्वको परिपक्वताले उनलाई बझाङकै होइन, सुदूरपश्चिमकै आदर्श नेतामध्ये एक बनाएको छ। यद्यपि यो सबै योगदानका बाबजुद पनि भण्डारीलाई अहिलेसम्म उच्च राज्यसत्ता वा जनप्रतिनिधित्वको औपचारिक जिम्मेवारी पाउने समय मिल्न सकेको थिएन । तर यसपटक स्थानीयदेखि केन्द्रसम्म काँग्रेस नेताहरू र कार्यकर्ताहरूले उनलाई सशक्त विकल्प, स्वच्छ छवि र जनभावनामा आधारित उमेदवारका रूपमा अघि बढाएर प्रस्तुत गरेको देखिन्छ ।

राजनीतिमा मात्र होइन, सामाजिक सेवामा पनि सत्यराज भण्डारीको योगदान समान रूपमा प्रशंसनीय छ । २०४५ सालमा नेपाल रेडक्रस सोसाइटी बझाङका जिल्ला सभापति बनेका भण्डारीले त्यसबेलादेखि नै मानवीय क्षेत्रप्रति आफ्नो प्रतिबद्धता देखाएका थिए । पछि उनी रेडक्रसका केन्द्रिय सदस्यसमेत बनेर राष्ट्रिय तहमा सामाजिक परिचय स्थापना गर्न सफल भए । विपदमा, समुदायमा स्वास्थ्य सेवा विस्तार, मानवीय सहयोग, कोभिडको बेला र संकट व्यवस्थापनका क्षेत्रमा उनले देखाएको सक्रियता बझाङका हजारौं नागरिकले आज पनि सम्झन्छन् ।

शिक्षण पेशासँग सुरु भएको उनको सार्वजनिक जीवन पनि उल्लेखनीय छ । वि.स २०३४ साल देखि २०४४ सालसम्म लगभग एक दशकसम्म उनी जयपृथ्वी बहुमुखी क्याम्पसका संस्थापक सदस्य सचिव रहे । स्थापना र विकासका जटिल चरणमै उनले क्याम्पसलाई स्थिर संरचना, शैक्षिक वातावरण र प्रगतिशील दृष्टिकोण दिन महत्वपूर्ण भूमिका खेले । त्यसै समयदेखि उनी जिल्लाको शैक्षिक विकास, युवाको मार्गदर्शन र ज्ञानको पहुँच वृद्धि जस्ता क्षेत्रमा सक्रिय हुँदै आएका थिए । यही पृष्ठभूमिले उनलाई बझाङको भूगोल, समाज, संस्कार, समस्या र जनअपेक्षासँग अत्यन्त निकट बनाएको छ ।

यसै बीच नेपाली कांग्रेस बझाङले यसपटक सिफारिस सूचीमा अनुभवी नेतादेखि सुरूङ्ग फूट्दै आएका नयाँ पुस्ताका नेतृत्वसम्म समावेश गरेको छ । स्थानीय पार्टी संरचनाले जनताकै भावना, कार्यकर्ताहरूको मनोबल र आगामी निर्वाचनमा प्रभावकारी नेतृत्व कसले दिन सक्छ भन्ने आधारमा नामहरू अघि सारे । तर यी सबै नाममध्येको विशेष चर्चा भने सत्यराज भण्डारीकै देखिन्छ । उहाँको दीर्घ अनुभव, स्वच्छ चरित्र, संगठनात्मक क्षमता र जनविश्वासले गर्दा बझाङका स्थानीय बासिन्दाहरू पनि भण्डारीलाई सदाचारिक, सत्यनिष्ठ र जनमुखी नेतृत्वका रूपमा चिनिन्छन् । राजनीतिक यात्राभरि उनले कुनै पद, लाभ वा व्यक्तिगत स्वार्थभन्दा पनि संगठन, विचार र जनताको पक्षमा निरन्तर काम गरेको छ । त्यसैले काँग्रेसभित्र उनको नाम सिफारिस सूचीमा मात्र होइन, व्यापक जनचासो र समर्थनको केन्द्रमा पनि रहेको देखिन्छ ।

आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेस बझाङको सिफारिसले जिल्लाको राजनीतिमा नयाँ हलचल ल्याएको छ। पार्टीले सुझाएको नामलाई केन्द्रले कसरी मूल्याङ्कन गर्नेछ र अन्ततः प्रतिनिधि सभा उपनिर्वाचन तथा राष्ट्रिय सभा निर्वाचनमा कसलाई जिम्मेवारी दिनेछ भन्ने प्रतीक्षा अब स्थानीय कार्यकर्ता र जनतामा बढेको छ ।

नेपाली कांग्रेस बझाङले सिफारिस गरेका नामहरु

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज