Advertisement

कैलाली

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३८ लाख ४ सय ३८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको २०८३ भाद्र १८ गते बसेको कार्यपालिका बैठकले विपद् प्रभावित नागरिकप्रति मानवीय सहयोग तथा ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोका कारण रसुवा जिल्लामा जनधनको क्षति तथा नागरिक प्रभावित भएपछि उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउ नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। गौरीगङ्गा नगरपालिकाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको मानवीय दायित्वसमेत भएकाले विपद् पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरेको हो।...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ। जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसर पारेर बझाङ्गी सेवा समाज कैलाली र सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्था कैलालीको आयोजनामा रक्तदान कार्यक्रम गर्न लागिएको हो। रक्तदान कार्यक्रम भदौ ७ गते बिहान १० बजे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा शिक्षण अस्पतालमा आयोजना हुने जनाइएको छ। ‘रक्तदान जीवनदान, जीवन बचाऔँ महान् कार्यमा सहभागी बनौँ’ भन्ने मुलनारा सहित आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदान गर्न इच्छुक सबैलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। सहयोगी संस्थाको रुपमा कोहिनुर दोहोरी साँझ अत्तरिया कैलाली रहेको छ । राजा पृथ्वीबहादुर सिंह शिक्षा, पत्रकारिता, सामाजिक सुधार तथा मानवतावादी दर्शनका क्षेत्रमा महत्वपूर्ण ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल सडक छेउको सालको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भजनी नगरपालिका–१ मधुवन शिविरका करिब ३० वर्षीय मुकेश चौधरी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि मोटरसाइकल सडकबाट करिब २० मिटर तल नालीमा पुगेको थियो। टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। तर, चिकित्सकले राति करिब ९ः४० बजे उनलाई मृत घोषणा गरेका थिए। उनको शव प्राथमिक स्वास्थ्य केन्द्र भजनीमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
विद्यालयको जिम्मेवारी छाडेर भत्ताको पछि प्रधानाध्यापक ? कैलालीमा उठ्यो गम्भीर प्रश्न

विद्यालयको जिम्मेवारी छाडेर भत्ताको पछि प्रधानाध्यापक ? कैलालीमा उठ्यो गम्भीर प्रश्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा रहेको एक विद्यालयका प्रधानाध्यापकलाई आफ्नो विद्यालय भन्दा भत्ता प्यारो भएको पाइएको छ । गौरीगंगा नगरपालिका-९ स्थित बनखेतमा रहेको जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईलाई आफ्नो विद्यालय भन्दा भत्ता प्यारो भएको पाइएको हो । विद्यालयको प्रशासनिक तथा पठनपाठन गतिविधिको नेतृत्व र नियमित निगरानी गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रधानाध्यापक भट्टराई हाल सञ्चालन भइरहेको ब्याचुलर प्रथम वर्षको परीक्षामा गार्ड तथा सहजीकरणका लागि विद्यालयबाहिर गएको स्रोतको दाबी छ। भट्टराई खप्तड बहुमुखी क्याम्पसमा भइरहेको ब्याचुलर तहको परीक्षामा सहभागी भएको बताइएको छ। विद्यालयको नियमित जिम्मेवारी सम्हाल्नुपर्ने समयमा प्रधानाध्यापक नै अन्यत्र गएर परीक्षा ड्युटीमा खटिएपछि विद्यालयको प्रशासनिक काम र पठनपाठनको निगरानी कसले गरिरहेको छ भन्ने प्रश्न उठेको छ। प्रधानाध्य...
७ वर्षीय बालक दुर्घटनामा परेपछि विद्यालयको जिम्मेवारीमाथि प्रश्न

७ वर्षीय बालक दुर्घटनामा परेपछि विद्यालयको जिम्मेवारीमाथि प्रश्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- गएको बुधबार पूर्वपश्चिम राजमार्ग पार गर्नेक्रममा ७ वर्षीय आरब बोहरा मोटरसाइकलको ठक्करबाट घाइते भए । कैलाली गौरिगङ्गा नगरपालिका- ४ स्थित ग्रीन स्टार स्कुलमा अध्ययनरत बोहरा घर फर्किने क्रममा सडक पारगर्दैगर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका थिए । घटनापछि मोटरसाइकल चालक फरार भए पनि प्रहरीले खोजी गरी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। तर, अहिले यो घटना मोटरसाइकल चालकको लापरबाहीमा मात्र सीमित नभई विद्यालय प्रशासनको जिम्मेवारीमाथि समेत प्रश्न उठेको छ। स्थानीय तथा अभिभावकहरूले घटना भएको दिन अभिभावक नआउँदै विद्यालयले बालकलाई घर जान अनुमति दिएको र त्यसपछि उनी एक्लै सडक पार गर्ने क्रममा दुर्घटनामा परेको आरोप लगाएका छन्। यदि अभिभावक नआउँदै ७ वर्षीय बालकलाई विद्यालयबाट एक्लै घर जान अनुमति दिइएको हो भने, विद्यार्थीको सुरक्षाप्रति विद्यालय प्रशासन कति जिम्मेवार र संवेदनशील थियो भन्ने प्रश्न उठ...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते भएका जोशीपुर गाउँपालिका-२ का १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार नदीमा डुबेर घाइते भएका चौधरीलाई सँगै गएका धनगढी उपमहानगरपालिका-७ धुइयाघाटका १७ वर्षीय अर्मान राना र सोही वडाको मोतीचोकका १७ वर्षीय किशोर थापाले धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याएका थिए। उनको साँझ करिब ५ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक चौधरी हाल धनगढी उपमहानगरपालिका-७ मनहरामा कोठा भाडामा लिएर बस्दै आएका थिए।...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड निवासी २० वर्षीय अन्नु कठरियालाई जबर्जस्ती करणीको आरोपमा शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले कठरियालाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...
कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र गाँजाजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ। कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद ११ हजार ५ सय रुपैयाँसहित २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ का २७ वर्षीय निराजन चौधरी पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले नियन्त्रणमा लिएको हो। यस्तै, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट १२० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय २३ वर्षीय विनोद बिष्ट र कालिकोटको रास्कोट नगरपालिका-४ घर भई हाल लम्कीचुहा नगरपालिका-३ बस्दै आएका २५ वर्षीय गोविन्द्र शाही पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकस्...
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। त्यसैगरी, घोडाघोडी नगरपालिका–१ बेलारका २० वर्षीय सागर शाही सोही क्षेत्रस्थित नालामा मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।...
कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–७ हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई शनिबार पक्राउ गरिएको हो। प्रहरीका अनुसार डगौरा सापटी लिएको रकम फिर्ता गर्न भन्दै शनिबार राति करिब १० बजे स्थानीय एक महिलाको घर पुगेका थिए। महिलाको आरोपअनुसार उनले घरभित्र प्रवेश गरी कोठा बन्द गरेर जबरजस्ती करणी गरेका हुन्। घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ....
कैलालीमा चरेस र ब्राउन सुगरसहित तीन जना पक्राउ

कैलालीमा चरेस र ब्राउन सुगरसहित तीन जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले चरेस र ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका–९ बाट ३५ वर्षीया पार्वती गुरधामीलाई १७२ ग्राम ९३ मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ र एक थान डिजिटल तराजुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। यस्तै, लम्कीचुहा नगरपालिका–४ बलियाबाट २१ वर्षीय उज्जल चौधरी ३ ग्राम ७०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो। सोही स्थानबाट प्रहरीले २३ वर्षीय अमित चौधरीलाई पनि २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्र...
कैलाली,कञ्चनपुरबाट भन्सार छलीका २ लाखभन्दा बढीका सामान बरामद

कैलाली,कञ्चनपुरबाट भन्सार छलीका २ लाखभन्दा बढीका सामान बरामद

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कैलाली र कञ्चनपुरमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित त्रिनगर ब्यारेल क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका अन्दाजी ६३ हजार १०० रुपैयाँ बराबरका धोती, किराना लगायतका सामान सोमबार नियन्त्रणमा लिइएको हो। उक्त सामान भारतबाट भन्सार छली गरी ल्याइएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका- ११ स्थित गड्डाचौकी क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइएका अन्दाजी १ लाख ४३ हजार ५०० रुपैयाँ बराबरका सुटपिस, ब्लाउज, अन्डरवेयर, पानीवर्साती लगायतका सामान बेवारिसे अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले ती सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज