Advertisement

कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

Advertisement

धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र गाँजाजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।

कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद ११ हजार ५ सय रुपैयाँसहित २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ का २७ वर्षीय निराजन चौधरी पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट १२० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय २३ वर्षीय विनोद बिष्ट र कालिकोटको रास्कोट नगरपालिका-४ घर भई हाल लम्कीचुहा नगरपालिका-३ बस्दै आएका २५ वर्षीय गोविन्द्र शाही पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकस्थित एक कोठाबाट ४ ग्राम ३२३ मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २८ वर्षीय आयुष सिंह, ३४ वर्षीय जयबहादुर भण्डारी, ३० वर्षीय टेकेन्द्र बस्नेत र २५ वर्षीय श्रीमल चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले श्रीमल चौधरीको कोठामा खानतलासी गर्दा उनीहरू लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी, टिकापुर नगरपालिका-१ समितिपुरबाट ४०० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय सागर खत्री र एक १८ वर्षीय किशोर पक्राउ परेका छन्। शंकाका आधारमा गरिएको चेकजाँचका क्रममा उनीहरूको साथबाट उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

गोदावरी नगरपालिका-५ गेटा सुकुम्बासी टोलबाट ३७० ग्राम गाँजाजस्तो देखिने धुलो पदार्थसहित ४५ वर्षीय खडक डंगौरा पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा घर खानतलासी गर्दा उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका-१७ पथरी पुलबाट ३३५ मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय राजेश राना र २५ वर्षीय किरण राना पक्राउ परेका छन्। त्यस्तै, धनगढी-७ जीपी चोकबाट २३८ मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय विकास जेठारा र २८ वर्षीय विवेकराज उपाध्याय पक्राउ परेका छन्।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज