Advertisement

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

Advertisement

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसर पारेर बझाङ्गी सेवा समाज कैलाली र सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्था कैलालीको आयोजनामा रक्तदान कार्यक्रम गर्न लागिएको हो।
रक्तदान कार्यक्रम भदौ ७ गते बिहान १० बजे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा शिक्षण अस्पतालमा आयोजना हुने जनाइएको छ।
‘रक्तदान जीवनदान, जीवन बचाऔँ महान् कार्यमा सहभागी बनौँ’ भन्ने मुलनारा सहित आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदान गर्न इच्छुक सबैलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। सहयोगी संस्थाको रुपमा कोहिनुर दोहोरी साँझ अत्तरिया कैलाली रहेको छ ।
राजा पृथ्वीबहादुर सिंह शिक्षा, पत्रकारिता, सामाजिक सुधार तथा मानवतावादी दर्शनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्व हुन्। सरकारले उनको योगदानको कदर गर्दै २०७९ सालमा उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।
मानवता, समानता, शान्ति र सामाजिक सेवाको पक्षमा जीवनभर आवाज उठाएका जयपृथ्वीबहादुरको जन्मजयन्तीलाई रक्तदानजस्तो जीवन बचाउने मानवीय सेवासँग जोडेर कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
कार्यक्रममा सहभागी भई रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याउन सम्पूर्ण रक्तदाता, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणलाई आयोजकले आग्रह गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज