Advertisement

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

Advertisement

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसर पारेर बझाङ्गी सेवा समाज कैलाली र सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्था कैलालीको आयोजनामा रक्तदान कार्यक्रम गर्न लागिएको हो।
रक्तदान कार्यक्रम भदौ ७ गते बिहान १० बजे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा शिक्षण अस्पतालमा आयोजना हुने जनाइएको छ।
‘रक्तदान जीवनदान, जीवन बचाऔँ महान् कार्यमा सहभागी बनौँ’ भन्ने मुलनारा सहित आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदान गर्न इच्छुक सबैलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। सहयोगी संस्थाको रुपमा कोहिनुर दोहोरी साँझ अत्तरिया कैलाली रहेको छ ।
राजा पृथ्वीबहादुर सिंह शिक्षा, पत्रकारिता, सामाजिक सुधार तथा मानवतावादी दर्शनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्व हुन्। सरकारले उनको योगदानको कदर गर्दै २०७९ सालमा उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।
मानवता, समानता, शान्ति र सामाजिक सेवाको पक्षमा जीवनभर आवाज उठाएका जयपृथ्वीबहादुरको जन्मजयन्तीलाई रक्तदानजस्तो जीवन बचाउने मानवीय सेवासँग जोडेर कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
कार्यक्रममा सहभागी भई रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याउन सम्पूर्ण रक्तदाता, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणलाई आयोजकले आग्रह गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज