Advertisement

सुदूरपश्चिमको विकास र संवृद्धिमा प्रदेश प्रमुखको चासो, गौरवका आयोजनाबारे छलफल

Advertisement

कैलाली । सुदूरपश्चिम प्रदेशको विकास र संवृद्धिबारे प्रदेश प्रमुख नजिर मियाँसँग छलफल भएको छ।

एमाले केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर, बुढिगंगा नगरपालिका बाजुराका मेयर रामबहादुर बानिया, बझाङका वडाध्यक्ष तथा अन्य सरोकारवालहरूले संयुक्त रुपमा प्रदेश प्रमुख मियाँसँग प्रदेशको विकारका विषयमा छलफल गरेका हुन् ।

एमाले नेता महरले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पर्याप्त विकास हुन नसेको बताएका थिए । उनले सेती लोकमार्ग हुँदै उरै नाका खोल्न सक्दा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने बताए। यो सडक मार्फत भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने महरको भनाइ थियो ।

केही समय अघि एमाले केन्द्रीय सचिव समेत रहेका पूर्व मन्त्री सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको सुदूरपश्चिम प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने गरि विकासका गतिविधि अघि बढाउन आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीकै पालामा सुदूरपश्चिम प्रदेशमा यस अघि उत्तर दक्षिण सडक, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र निर्माण सुरु भएको भन्दै महरले फेरी ओली प्रधानमन्त्री भएपछि आसा पलाएको बताएका थिए ।

उनले प्रदेश गौरवका योजनाहरूमा प्रदेश सरकारले चासो दिनुपर्ने भन्दै विकास निर्माणमा प्रदेश प्रमुखबाट पनि अभिभावकीय भूमिकाको अपेक्षा गरेको बताए । नेता महरले आगामी आर्थिक वर्षको बजेट तयार हुँदै गर्दा प्रदेशको संवृद्धि केन्द्रित बजेट आउनु पर्नेमा जोड दिएका थिए । प्रदेश प्रमुख मियाँलाई उनले बझाङ हुँदै खप्तडको निम्तो समेत दिएका थिए ।

बुढिगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाले विकासका दृष्टिकोणले पछि परेका क्षेत्रहरूमा प्रदेश सरकारको बढि चासो हुनुपर्ने बताएका थिए । उनले

आफ्नो पालिकामा भइरहेका गतिविधिबारे प्रदेश प्रमुखलाई जानकारी गराउँदै आफू नमुना पालिका बनाउने उद्देश्यसहित अघि बढिरहेको बताए ।

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई विकास र संवृद्धि केन्द्रित गतिविधिलाई प्राथमिकतममा राख्न भनिसकेको बताएका थिए । उनले सेती लोकमार्ग, दिपायल खुटिया फास्ट ट्र्याक लगायतका विषयमा आफूले संघीय सरकारसँग पनि समन्वय गरिरहेको बताए । ‘पटक पटक हुने भेटघाटमा पनि मैले यहाँका विकास र संवृद्धिकै बारेमा चासो राख्दै आइरहेको छु ’ प्रदेश प्रमुख मियाँले भनेका थिए ‘सुदूरपश्चिम सुन्दर छ थोरै विकासले गति पाए सुनमा सुगन्ध थपिन्छ ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज