Advertisement

Day: २०८१ भाद्र ११, मंगलवार २०:५६

वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, डोटी, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
डोटि: डोटिको शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहले कामना टेलिभिजनमा प्रकाशित समाचारको खण्डन गर्दै प्रतिकारमा उत्रीएका छन् । कामना टेलिभिजनले गत भदौ १० गते स्थानीय संग सरोकार कार्यक्रमद्वारा ´डोटीको शिखर नगरपालिका का वडाअध्यक्ष को रजगज , वडावासी भन्छन "चुनाव जितेपछि वडाअध्यक्ष को वडा कार्यलयमा मुख हेर्न पाएको छैनौ वडामा कुनै काम पर्यो कि वडाअध्यक्ष को घर जान पर्छ कि नगरपालिका । " वडा कार्यालयमा नत वडाअध्यक्ष हुन्छन नत कर्मचारी नै हरिबिजोक ।` शिर्षकमा प्रशारण गरिएको समाचारको प्रतिकार गरेका हुन् । वडाध्यक्ष सिंहले कामना टेलिभिजन बाट प्रशारित उक्त भिडियोलाई र आफूमाथी लागेका आरोपलाई कमजोर बनाउन आफू निकटका व्यक्तीद्वारा सामाजिक संजालमा कामना टेलिभिजनका पत्रकारले आफ्ना विपक्षीद्वारा तेह्र लाख घुस खाएर समाचार लेख्को समेत आरोप लगाएका छन । को हुन् वडाध्यक्ष धिर्क बहादुर ...
भालुको आक्रमणबाट डोटीमा एकजना घाइते

भालुको आक्रमणबाट डोटीमा एकजना घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
भदौ ११, सिलगढी । डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको पूर्विचौकी गाउँपालिका–७ गजडामा भालुको आक्रमणबाट ५५ वर्षीय पदम बहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार बिहान ८ बजेतिर घर अगाडी घाँस काटिरहेको समयमा साउद माथि भालुले आक्रमण गरेको हो । साउदको बायाँ कान, बायाँ हात, र दाहिने खुट्टामा घाउ लागेको र न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको जिप्रका डोटीले जानकारी दिएको छ ।...
दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँ : उद्योगमन्त्री भण्डारी

दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँ : उद्योगमन्त्री भण्डारी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै भण्डारीले मुलुकको उद्योग,व्यापार,वैदेशिक अनुदान,रोजगारी सिर्जना र अन्य नीतिहरूमा समेत काम गरिरहेको बताएका हुन् । मन्त्री भण्डारीले मन्त्रालयले वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरूमा कूटनीतिक पहल गर्ने काम गरिरहेको बताए । सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकताका साथ तयारीका गरी विकासशील राष्ट्रको सूचिमा सूचीकृत हुने तयारी गरेको उनको भनाई थियो । मन्त्री भण्डारीले भूपरिवेष्टित,वाणिज्य नीति,अन्तर्देशीय सम्झौता लगायतका समस्याका विषयमा विमस्टेकमा पनि स्पष्ट रूपमा धारणा राखेको बताए । उनले नेप...
नेकपा एकीकृत समाजवादीको काठमाडौंमा पहिरो। काठमाडौ जिल्ला बाट धेरै नेताले गरे पार्टी परित्याग।

नेकपा एकीकृत समाजवादीको काठमाडौंमा पहिरो। काठमाडौ जिल्ला बाट धेरै नेताले गरे पार्टी परित्याग।

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौ : उपाध्यक्ष बटुकृष्ण थापा, सचिव धुर्वराज न्यौपाने, काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्ष गृश्मकृष्ण महर्जन, जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटा, बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई, सचिव बिमल लामा, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दिपेश थापा, कृष्णहरी खड्का, किर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा, एकीकृत समाजवादी शिक्षक संगठन काठमाडौंका अध्यक्ष इन्द्रप्रसाद सिम्खडाले पनि राजीनामा दिएका छन् ।...

कञ्चनपुरमा एक पुरुष मृत फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुरका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–८ खड्डाघाटका ६० वर्षीय श्रीराम राना खड्डाघाट नदिमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । राना नदिपारि भारतको जङ्गलमा घाँस काट्न गएकोमा अबेर सम्म घर नफर्किँदा उनका छोराले खोज तलास गर्ने क्रममा मृत फेला पारेका हुन् ।...
रक्सी खाएपछि अछामका समन्वय प्रमुख र कांग्रेसका नेता बिच हानाहान

रक्सी खाएपछि अछामका समन्वय प्रमुख र कांग्रेसका नेता बिच हानाहान

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहबीच झगडा हुदाँ कुँवर घाइते भएका छन् । आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा संगै मदिरा सेवन गरेका कुँवर र शाहबीच विवादपछि कुटपिट भएको हो। कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ। घटनापछि कुँवरलाई जिल्ला अस्पताल अछाममा भर्ना गरिएको छ भने शाहलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता (डिएसपी) इश्वरीप्रसाद भण्डारीका अनुसार मदिरा सेवनपश्चात व्यक्तिगत विवादले उग्र रूप लिएपछि सरकारी निवासमै झगडा भएको थियो। प्रहरीले दुबै जनामाथि थप अनुसन्धान गरिरहेको छ। घटनाका दुबै जना नेपाली कांग्रेसका नेता भएकोले पार्टीभित्र समेत यो घटना बारेमा चर्चा चलेको छ। अहिले कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ।...
देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
कैलाली :देशभर हाल मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ। यसकै कारण देशभर आंशिकदेखि साधारणतया बदली देखिएको छ, र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि छ।राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, बागमती, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले कोशी, बागमती,...
सुदूरपश्चिमको विकास र संवृद्धिमा प्रदेश प्रमुखको चासो, गौरवका आयोजनाबारे छलफल

सुदूरपश्चिमको विकास र संवृद्धिमा प्रदेश प्रमुखको चासो, गौरवका आयोजनाबारे छलफल

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली । सुदूरपश्चिम प्रदेशको विकास र संवृद्धिबारे प्रदेश प्रमुख नजिर मियाँसँग छलफल भएको छ। एमाले केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर, बुढिगंगा नगरपालिका बाजुराका मेयर रामबहादुर बानिया, बझाङका वडाध्यक्ष तथा अन्य सरोकारवालहरूले संयुक्त रुपमा प्रदेश प्रमुख मियाँसँग प्रदेशको विकारका विषयमा छलफल गरेका हुन् । एमाले नेता महरले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पर्याप्त विकास हुन नसेको बताएका थिए । उनले सेती लोकमार्ग हुँदै उरै नाका खोल्न सक्दा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने बताए। यो सडक मार्फत भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने महरको भनाइ थियो । केही समय अघि एमाले केन्द्रीय सचिव समेत रहेका पूर्व मन्त्री सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको सुदूरपश्चिम प्रदेशको टोलील...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज