Advertisement

मष्टा गाउँपालिकाद्वारा निःशुल्क सीपमूलक तालिम सञ्चालन, आवेदन खुला

Advertisement
  1. बझाङ- बझाङको मष्टा गाउँपालिकाले बेरोजगार युवालाई लक्षित गर्दै निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै पोखरा भ्याली प्राविधिक तालिम संस्था प्रा. लि (Pokhara Valley Technical Training Institute Pvt. Ltd.) सँगको सहकार्यमा विभिन्न विषयमा तालिम सञ्चालन गर्न लागिएको जनाएको हो।
    सूचनाअनुसार सिलाइ कटाइ, डकर्मी (प्लम्बर र फलाम बाँध्ने काम), इलेक्ट्रोनिक्स तथा मोबाइल मर्मत, तथा आधारभूत घरायसी विद्युत् जडान सम्बन्धी तालिम सञ्चालन गरिनेछ। तालिमको अवधि ४ देखि ६ महिनासम्म रहनेछ।
    तालिममा सहभागी हुन १७ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू योग्य हुनेछन् भने शैक्षिक योग्यता सामान्य लेखपढदेखि कक्षा ८ उत्तीर्णसम्म तोकिएको छ। प्रत्येक तालिममा सीमित संख्यामा सहभागी लिइनेछ।
    इच्छुक व्यक्तिहरूले तोकिएको मितिभित्र गाउँपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन दिनुपर्ने पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक बहादुर बोहराले बताए । आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो, शैक्षिक प्रमाणपत्र, अभिभावक मञ्जुरी (नाबालकका लागि) लगायतका कागजात आवश्यक पर्नेछन्।
    तालिम पूर्ण रूपमा निःशुल्क हुने गाउँपालिकाले जनाएको छ। साथै सहभागीलाई खाना बस्नको व्यवस्था, प्रत्येक महिना एक हजार निर्वाह भत्ता तथा आवतजावत खर्चसमेत उपलब्ध गराइनेछ।
    निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहरा ले यस्तो तालिमले स्थानीय युवालाई सीपयुक्त बनाई रोजगारी तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए।
    गाउँपालिकाले उक्त तालिमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना हुने अपेक्षा गरेको छ ।

गाउँपालिका द्वारा जानकारी सूचना

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज