Advertisement

बझाङको केदारस्यूँ गाउँपालिकाद्वारा शैक्षिक स्तर सुधारका लागि शिक्षकलाई क्षमता विकास तालिम

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले शैक्षिक स्तर सुधार गर्नका लागि शिक्षकहरूलाई क्षमता विकास तालिम प्रदान गरेको छ । गाउँपालिकाले कक्षा ८ र १० मा गणित, विज्ञान र अंग्रेजी विषय अध्यापन गराउने विषयगत शिक्षकलाई २ दिने क्षमता विकास तालिम प्रदान गरेको हो ।

शिक्षण सिकाइलाई प्रभावकारी बनाउने, विद्यार्थीको सिकाइ स्तर सुधार गर्ने तथा परीक्षा उत्तीर्ण प्रतिशत वृद्धि गर्न तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
यो तालिम शैक्षिक अभियान वर्ष अन्तर्गत सञ्चालन गरिएका थप नवीन कार्यक्रमहरूमध्ये एक रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले जानकारी दिए । उनले शिक्षकको क्षमता विकासमार्फत गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए
तालिमबाट शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि भई विद्यालय तहको शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

तालिममा विज्ञ स्रोत शिक्षक तथा अनुभवी र उच्च सिकाइ उपलब्धि हासिल गरेका प्रभावशाली व्यक्तिहरूले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। २८ जना विषयगत शिक्षक सहभागी उक्त तालिम शिक्षोदय माध्यमिक विद्यालय बागथलामा मंसिर २६ र २७ गते सञ्चालन गरिएको थियोे ।
गाउँपालिकाले यसअघि पनि शैक्षिक स्तर सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन लगायतका विभिन्न कार्य गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज