बझाङमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न, एमाले नेतृत्वमाथि चर्को प्रहार
चैनपुर- बझाङ नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम चैनपुरको खुला मञ्चमा बुधबार पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका प्रभावशाली नेता डा. भीम रावलको प्रमुख आतिथ्यतामा आयोजित सभामा खगराज भट्ट र भानुभक्त जोशीलगायत नेताहरूको उपस्थिति रहेको थियो।
सभाअघि जिल्लाका विभिन्न स्थानबाट आएका नेताकार्यकर्ताहरूले बाजागाजासहित चैनपुर बजारमा र्याली निकालेका थिए। गत कात्तिकमा काठमाडौंमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी वाम घटकबीच एकता घोषणा भएपछि देशभर एकता सन्देश सभा आयोजना हुँदै आएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमाले नेतृत्वले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलगायत संस्थापक नेताहरूको योगदान उपेक्षा गरेको आरोप लगाए। उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टी...




