धनगढी, कैलाली । हालै भाद्र २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशभरिका विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयहरूमा भएको क्षतिपछि आवश्यक फर्निचर सामग्री सहयोगका रूपमा आलोक मल्टी कन्सर्न प्रा.लि., धनगढी-४ चटकपुर, कैलालीले विभिन्न निकायहरूलाई फर्निचर हस्तान्तरण गरेको छ।
कम्पनीका अनुसार कार्यालयहरूको नियमित सेवा सुचारु गर्न सहज होस् भन्ने उद्देश्यले टेबल, कुर्सी, र्याक, सोफा लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको हो। उक्त फर्निचर सहायता जिल्ला प्रशासन कार्यालय, प्रदेशस्तरीय मन्त्रालय, विभिन्न जिल्ला कार्यालयहरूसँगै नगरपालिका र गाउँपालिकासहित २२ वटा सरकारी तथा सार्वजनिक निकायहरूलाई प्रदान गरिएको कम्पनीले जनाएको छ।
यस कार्यमार्फत प्रदेशभित्रका सार्वजनिक संरचना पुनर्स्थापना र सेवा प्रवाह निरन्तरतामा सहयोग पुग्ने विश्वास कम्पनीको छ। साथै, अझै सामग्री ग्रहण गर्न बाँकी रहेका तथा आवश्यकता भएका कार्यालय र निकायहरूलाई सम्पर्कमा आउन पनि कम्पनीले आग्रह गरेको छ।
आलोक मल्टी कन्सर्न प्रा.लि.का प्रतिनिधि दिपक खत्री का अनुसार, “हामी समाज, समुदाय र राष्ट्रिय सेवामा निरन्तर सहकार्य गर्न प्रतिबद्ध छौं,” भनी जनाइएको छ।
सहयोग गरेका तस्बिरहरु :-

फर्निचर सामग्री प्राप्त गर्ने कार्यालय र निकायहरू:

