Advertisement

मतदाता नामावली संकलनमा ९३ हजारभन्दा बढी नयाँ मतदाता थप

Advertisement

काठमाडौँ- कानुन संशोधनपछि सुरु गरिएको मतदाता नामावली संकलन अभियानमा करिब एक महिनामा ९३ हजार ३५१ नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगका अनुसार असोज १२ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म ५६ हजार ७१८ पुरुष, ३६ हजार ६२४ महिला र ९ अन्य मतदाता सूचीकृत भएका छन्।

आयोगले नयाँ मतदाता दर्ताका लागि कात्तिक ३० गते सम्मको समय तोकेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार शनिबार र सार्वजनिक बिदा बाहेकका दिन कात्तिकभर नामावली दर्ता गराउन सकिनेछ।

हाल दैनिक ६–७ हजार मतदाता सूचीकृत भइरहेका छन्। आयोगले दर्ता अवधि सकिन लागेकाले महिनाको अन्त्यतिर दैनिक दर्ता हुने मतदाताको संख्या १० हजारसम्म पुग्ने अनुमान गरेको छ।

सरकारले जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेपछि, मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन घोषणा भइसकेपछि पनि नयाँ मतदाता दर्ता गर्न सकिने व्यवस्था मिलाइएको हो।

आयोगका अनुसार गत असारसम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता दर्ता भएका थिए। तीमध्ये ९२ लाख ५१ हजार ५४१ पुरुष, ८९ लाख १६ हजार ५०२ महिला र १८७ अन्य मतदाता रहेका छन्।

नयाँ सूचीकृत मतदाताहरू आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न योग्य हुने आयोगले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज