बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
बैतडी- बैतडीको सिगास गाउँपालिका–३ धमकट्टेमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धमकट्टेबाट सिन्याखेततर्फ जाँदै गरेको सुपप्र ०२–००१ त १३८१ नम्बरको ट्याक्टर सोही वडाको गडीघाढी भन्ने स्थानमा करिब १ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परि ट्याक्टरका साहु ७५ वर्षीय हरुवा साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा उनका नाति अन्दाजी २० वर्षीय महेश साउँद घाइते भएका छन्। घाइते साउँदको अवस्था गम्भीर रहेको र उपचारका लागि लैजाने तयारी भइरहेको स्थानीय खेमसिंह धामीले बताए।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार ट्याक्टर ओरालोमा ब्रेक फेल भएर अनियन्त्रित भई करिब ४०...









