Advertisement

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

Advertisement

प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको गृहजिल्ला डडेल्धुराबाट टेलिफोन संवाद गरेलगत्तै पार्टीका उपमहासचिव जनार्दन शर्माले बुढानीलकण्ठस्थित निवासमै पुगेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।

दुई सत्तारूढ दल कांग्रेस र एमालेबिच केही विषयमा मतभेद भइरहेका वेला विपक्षी दलका नेताहरूले देउवासँग संवाद गरेका हुन् । प्रचण्डको टेलिफोन वार्तालगत्तै शर्माले अलग्गै राजनीतिक भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यद्यपि, दुवै पक्षले दुई वार्ताको विषयवस्तुबारे प्रस्ट पारेका छैनन् । कांग्रेसले भने भेटलाई सामान्य शिष्टचारका रूपमा अथ्र्याएको छ ।

मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान उद्घाटनका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग टेलिफोन संवाद गर्दै आफू गृहजिल्लामा आएको जानकारी गराएको प्रेस सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा बताएका थिए । प्रेस सेन्टरले डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवासँगको फोनवार्ताबारे जानकारी दिँदै भनेका थिए, ‘म यहाँ बस्दा देउवाजीसँग पनि सम्पर्क भयो । उहाँले पनि मेरो जिल्लामा स्वागत छ भन्नुभयो ।’ यसअघि एमालेले बैतडीको झुलाघाट सुरु गरेको मध्यपहाडी राजमार्गकेन्द्रित अभियानमा पनि प्रधानमन्त्री केपी ओलीले देउवासँग उनकै गृहजिल्लाबाट टेलिफोन वार्ता गरेका थिए ।

देउवासँगको फोन वार्तामा भएको थप कुराकानीका विषय भने प्रचण्डले खुलाएका छैनन् । यद्यपि, शर्माको देउवासँगको भेटवार्तालाई दुई नेताबिच समसामयिक राजनीतिक परिस्थितिबारे थप विमर्शको निरन्तरताका रूपमा हेरिएको छ । शर्माले सामाजिक सञ्जालमार्फत भेटको जानकारी गराए पनि छलफलको विषयवस्तु खुलाएका छैनन् । ‘पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल,’ भेटको तस्बिर पनि सार्वजनिक गर्दै शर्माले लेखेका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले टेलिफोन वार्तालाई राजनीतिक शिष्टाचारका रूपमा हेर्नुपर्ने र त्यसलाई अन्यथा अर्थ लगाउनु उचित नहुने बताए । शर्माको भेट व्यक्तिगत रहेको दाबी गर्दै उनले सरकारको कामकारबाहीसँग त्यसको कुनै सम्बन्ध नरहेको बताए ।  ‘पहिले ओलीजीले पनि सभापतिको गृहजिल्लामा पुग्दा फोन गर्नुभएको थियो । अहिले प्रचण्डजीले पनि त्यस्तै राजनीतिक शिष्टाचारका हिसाबले फोन गर्नुभएको हो,’ महतले भने, ‘शर्माजीको भेट पनि संयोग मात्र हुन सक्छ । यसले सरकारको कामकारबाहीसँग कुनै सम्बन्ध राख्दैन ।’

कांग्रेसभित्र सरकारको कामकारबाहीलाई लिएर असन्तुष्टि बढ्दै गएको छ । यद्यपि, सभापति देउवाको सार्वजनिक अभिव्यक्ति अहिलेकै समीकरणलाई निरन्तरता दिने पक्षमा छ । पार्टीभित्र असन्तुष्टि बढे पनि देउवाले मुख खोलेका छैनन् ।

प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा सरकारको कामकारबाहीको आलोचना गर्दै आएका प्रचण्ड कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति आए माओवादीले सरकारमा गएर या बाहिर रहेर जुनसुकै विकल्पबाट भए पनि साथ दिने प्रस्ट संकेत गर्दै आएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज